१३ आश्विन २०८१, आईतवार
,
Latest
झ्याप्ले खोलामा पहिरो हटाइयो, ४८ घण्टापछि सडक दुईतर्फी खुल्यो बाढीपहिरो र डुबानमा परी देशभर एक सय ७० जनाको मृत्यु, ४२ जना अझै बेपत्ता सिधा कुरा प्रकरण: अदालतले मानहानी गरेको ठहर पछि प्रकाशक र सम्पादक जेल चलान बिपत्तिमा पनि उडान सुचारु गरेर यात्रुलाई सहज यात्राको अवसर दिऔ: चाइना साउदर्न सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

टोटेनहमद्वारा सनको रातो कार्डमा अपिल



अ+ अ-

टोटेनहमले मिडफिल्डर सन ह्युङ मिनले पाएको रातो कार्डको बिषय अपिल गरेको छ । आईतबार प्रिमियर लिग फुटबलमा सनको ट्याकलमा एभर्टनका मिडफिल्डर आन्द्रे गोमेजलाई गम्भिर चोट लागेको थियो । खुट्टा भाँचिएसंगै गोमेजको सोमबारनै शल्यक्रिया गरिएको छ । गुडसिन पार्कमा गोमेजलाई गम्भिर चोट लागेपछि सन निकै चिन्तित देखिएका थिए ।

सुरुमा पहेलो कार्ड हुँदै रातो कार्ड देखाएर सनलाई मैदान बाहिर रेफ्री मार्टिन एटकिनसनले पठाएका थिए । टिभीको रिप्लेमा हेर्दा सन अगाडीनै गेम्स सर्ज औरियरसंग ठोक्किन पुगेको देखिएको थियो । तर यस घटनामा टोटेनहमका प्रशिक्षक माउरिसियो पोचिटिनोले आफ्ना फरवार्डको गोमेजलाई घाईते बनाउने कुनै सोच नभएको बताएका छन् ।

उनले भने, ‘यो स्पष्ट छ कि समस्या सिर्जना गर्ने सनको कुनै मनसाय छैन । उनले रातो कार्ड खानु नसोचिएको बिषय हो।’ यदी अपिल असफल भएका सनले प्रिमियर लिगमा सेफिल्ड युनाईटेड, वेस्ट ह्याम र वर्नेमाउथविरुद्वको खेल गुमाउनेछन् ।