१३ आश्विन २०८१, आईतवार
,
Latest
झ्याप्ले खोलामा पहिरो हटाइयो, ४८ घण्टापछि सडक दुईतर्फी खुल्यो बाढीपहिरो र डुबानमा परी देशभर एक सय ७० जनाको मृत्यु, ४२ जना अझै बेपत्ता सिधा कुरा प्रकरण: अदालतले मानहानी गरेको ठहर पछि प्रकाशक र सम्पादक जेल चलान बिपत्तिमा पनि उडान सुचारु गरेर यात्रुलाई सहज यात्राको अवसर दिऔ: चाइना साउदर्न सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अजाक्सविरुद्वको खेलमा कान्टे मैदानमा उत्रने



अ+ अ-

मिडफिल्डर एनगोलो कान्टे अजाक्सविरुद्वको खेलमा मैदान फर्कने चेल्सीका मुख्य प्रशिक्षक फ्याङ्क लाम्पार्डले बताएका छन् । प्रशिक्षक लाम्पार्डले आफ्ना स्टार मिडफिल्डर मंगलबार च्याम्पियन्स लिग अन्तर्गत अजाक्सविरुद्वको खेलमा मैदानमा देखिने बताएका हुन् । फ्रान्सका अन्तराष्ट्रिय खेलाडी पछिल्लो महिना मैदानमा देखिएका छैनन् । युरो छनोटको आईसल्याण्ड विरुद्वको खेल अगाडी वार्मअपको क्रममा उनी घाईते भएका थिए ।

जसकारण उनले चेल्सीको पाँच खेल समेत गुमाएका थिए । उनी मंगलबार अभ्यासमा फर्किएका छन् । र घरेलु मैदानमा डच च्याम्पियन अजाक्सलाई निमन्त्रणा गर्ने क्रममा उनी मैदान देखिने प्रशिक्षक लाम्पार्डको दाबी छ । उनी टोलीमा समावेश रहेका र चोट निको हुने क्रम जारी रहेको लाम्पार्डले बताएका छन् ।

चेल्सी प्रशिक्षकले एन्टोनियो रुडिगर टिममा फर्कने बिषयमा भने अनिश्चितता ब्यक्त गरे ।च्याम्पियन्स लिगको समुह एचमा रहेको चेल्सी र अजाक्सको समान ६ अंक रहेको छ । गोल अन्तरका आधारमा चेल्सी शीर्ष स्थानमा छ । तेस्रो स्थानको भ्यालेन्सियासंग २ अंकको अग्रता छ।

पछिल्लो खेलमा वाटफोर्डलाई लाम्पार्डको टिमले २–१ ले हराएको थियो । र प्रिमियर लिगको शीर्ष चारभित्र आफुलाई राख्न सफल पनि भएको छ । च्याम्पियन्स लिग लगत्तै चेल्सीले घरेलु मैदानमा प्रिमियर लिग अन्तर्गत क्रिस्टल प्यालेससंग खेल्नेछ ।