१३ भाद्र २०८३, शनिबार
,
Latest
सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

सदनमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर सकिएपछि तनाव, रास्वपा सांसद आशिका तामाङ आक्रोशित



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभाको आइतबारको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह सँगको प्रश्नोत्तर कार्यक्रम दलीय आधारमा सीमित भएपछि केही सांसदहरूले असन्तुष्टि जनाएका छन् ।

बैठकमा सबै सांसदलाई प्रश्न सोध्ने अवसर नदिइएको भन्दै दलीय आधारमा एक–एक जनालाई मात्र प्रश्न सोध्न दिइएको थियो। त्यसपछि सभामुखले प्रश्नोत्तर कार्यक्रम समाप्त भएको घोषणा गरे।

त्यस क्रममा एमालेका प्रमुख सचेतक ऐन बहादुर महर, श्रम संस्कृतिका सांसद ध्रुवराज राई लगायतले प्रश्न सोध्ने प्रयास गरेका थिए। उनीहरूले हात उठाए पनि सबैलाई बोल्ने अवसर भने दिइएन।

सभामुखको निर्णयपछि रास्वपाकी सांसद आशिका तामाङ आक्रोशित बनेकी थिइन्। उनले विपक्षी सांसदहरूप्रति असन्तुष्टि जनाउँदै केहीबेर आक्रोश व्यक्त गरेकी थिइन्।

स्थिति नियन्त्रण गर्न रास्वपाका अन्य सांसदहरूले उनलाई शान्त पार्ने प्रयास गरे पनि उनले तत्काल मानिनन्। पछि सहकर्मी सांसदहरूले उनलाई समातेर बाहिर लगेपछि अवस्था सामान्य बनेको थियो।