१३ आश्विन २०८१, आईतवार
,
Latest
झ्याप्ले खोलामा पहिरो हटाइयो, ४८ घण्टापछि सडक दुईतर्फी खुल्यो बाढीपहिरो र डुबानमा परी देशभर एक सय ७० जनाको मृत्यु, ४२ जना अझै बेपत्ता सिधा कुरा प्रकरण: अदालतले मानहानी गरेको ठहर पछि प्रकाशक र सम्पादक जेल चलान बिपत्तिमा पनि उडान सुचारु गरेर यात्रुलाई सहज यात्राको अवसर दिऔ: चाइना साउदर्न सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

जाका निकालिएपछि औबामियाङ आर्सनलको कप्तानीमा



अ+ अ-

कप्तान ग्रानिट जाकालाई इन्ग्लिश क्लब आर्सनलले कप्तानबाट हटाएको छ । पछिल्लो समय निकै आलोचित बनेपछि जाकालाई आर्सनलले कप्तानबाट हटाएको हो । जाकालाई मुख्य प्रशिक्षक युनाई इम्रीले कप्तानी पदबाट मुक्त गरिएको जनाएका छन् ।

आफुले जाकासँग भेट गरेर कप्तानमा नरहेको र जाकाले सो निर्णयलाई स्वीकार गरेको इम्रीले बताएका छन् । इम्रीले आर्सनलको कप्तानी पिएरे एम्रिक औबामियाङलाई दिएका छन् । प्रिमियर लिग अन्तर्गत आइतबार क्रिष्टल प्यालेसविरुद्धको खेलमा समर्थकविरुद्ध खराब व्यवहार देखाएका कारण जाका आलोचित बनेका थिए ।

उक्त खेलमा आर्सनल २–२ गोलको बराबरीमा रोकिएको थियो । चौतर्फी आलोचना भएपछि मिडफिल्डर जाकाले माफी मागिसकेका छन् ।