२३ जेष्ठ २०८३, शनिबार
,
Latest
पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद
तपाईं के खोज्दै हुनुहुन्छ ?

बार्सिलोना बराबरीमा, पहिलो पटक घरेलु मैदानमा गोल गर्न मेस्सी असफल



अ+ अ-

च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाले बराबरीको खेल खेलेको छ । मंगलबार राति भएको खेलमा स्लाभिया प्राग विरुद्ध बार्सिलोनाले गोल रहित बराबरी खेल्दै अंक बाँडेको हो । बार्सिलोना घरेलु मैदानमा ४६ औ खेलमा पहिलो पटक गोल गर्न असफल भएको हो । च्याम्पियन्स लिग फुटबलमा सन् २०१२ पछि घरेलु मैदानमा लियोनल मेस्सीले गोल गर्न र गोलको अवसर समेत जुटाउन पहिलो पटक असफल भएका हुन् ।

बार्सिलोनाले करिब आधा दर्जन प्रहार असफल गराएका थिए । समूह एफको शीर्ष स्थानमा रहेको बार्साले पुछारको क्लब स्लाभिया प्रागसंग बराबरी खेलेको हो । इर्नेस्टो भाल्भर्डे नेतृत्वको बार्साले ४ खेलबाट मात्र ८ अंक बटुल्न सक्यो । बोरुसिया डर्टमण्ड ७ अंक सहित दोस्रो र ईन्टर मिलान ४ अंक सहित तेस्रो स्थानमा छ ।

प्राग टिमको २ अंक छ । स्पेनिस लिग च्याम्पियन बार्साले च्याम्पियन्स लिगको अर्को खेलमा घरेलु मैदानमा डर्टमण्डसंग खेल्नेछ ।