६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

बार्सिलोना बराबरीमा, पहिलो पटक घरेलु मैदानमा गोल गर्न मेस्सी असफल



अ+ अ-

च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाले बराबरीको खेल खेलेको छ । मंगलबार राति भएको खेलमा स्लाभिया प्राग विरुद्ध बार्सिलोनाले गोल रहित बराबरी खेल्दै अंक बाँडेको हो । बार्सिलोना घरेलु मैदानमा ४६ औ खेलमा पहिलो पटक गोल गर्न असफल भएको हो । च्याम्पियन्स लिग फुटबलमा सन् २०१२ पछि घरेलु मैदानमा लियोनल मेस्सीले गोल गर्न र गोलको अवसर समेत जुटाउन पहिलो पटक असफल भएका हुन् ।

बार्सिलोनाले करिब आधा दर्जन प्रहार असफल गराएका थिए । समूह एफको शीर्ष स्थानमा रहेको बार्साले पुछारको क्लब स्लाभिया प्रागसंग बराबरी खेलेको हो । इर्नेस्टो भाल्भर्डे नेतृत्वको बार्साले ४ खेलबाट मात्र ८ अंक बटुल्न सक्यो । बोरुसिया डर्टमण्ड ७ अंक सहित दोस्रो र ईन्टर मिलान ४ अंक सहित तेस्रो स्थानमा छ ।

प्राग टिमको २ अंक छ । स्पेनिस लिग च्याम्पियन बार्साले च्याम्पियन्स लिगको अर्को खेलमा घरेलु मैदानमा डर्टमण्डसंग खेल्नेछ ।