२ भाद्र २०८३, मंगलवार
,
Latest
बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

ज्ञानेन्द्रसहित ९ खेलाडीको फस्ट क्लासमा डेब्यु गर्दै



अ+ अ-

काठमाडौं । नेपाल भ्रमणमा रहेको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) विरुद्धको तीन दिवसीय (फस्ट क्लास) क्रिकेटमा नेपालले अहिले प्रतिस्पर्धा गरिरहेको छ । नेपालले टस जिते संगै कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ । एमसीसीविरुद्ध कप्तान ज्ञानेन्द्र मल्लसहित नेपालका ९ खेलाडीले फस्ट क्लास क्रिकेटमा डेब्यु गरेका छन् ।

सोमपाल कामी र शरद भेषवाकरले टिममा भएका मध्ये फस्ट क्लास क्रिकेट खेलिसकेका छन् ।नयाँ कप्तान ज्ञानेन्द्र मल्लले एमसीसीविरुद्व खेल्दै फस्ट क्लास क्रिकेटमा डेब्यु गर्दैछन् । टिममा रहेका सोमपाल कामी र शरद भेषवाकर बाहेक अन्य खेलाडीले फस्ट क्लास क्रिकेट खेलेका छैनन् । त्यसैले कम्तीमा ९ नेपाली खेलाडीले फस्ट क्लास क्रिकेटमा डेब्यु गर्नेछन् ।

नेपालले करिब १४ वर्षपछि घरेलु मैदानमा फस्ट क्लास क्रिकेट खेल्न लागेको हो । सन् २००५ मा नेपालले पछिल्लो पटक युएईविरुद्ध आईसीसीले मान्यता दिएको फस्ट क्लास क्रिकेट खेलेको थियो ।फस्ट क्लास क्रिकेटपछि नेपालले टी–ट्वान्टी क्रिकेट खेल्नेछ ।

नेपाल टिम:
ज्ञानेन्द्र मल्ल

आरिफ शेख

विनोद भण्डारी

दिपेन्द्र सिंह ऐरी

करण केसी

ललित राजवंशी

पवन सर्राफ

राजु रिजाल

सन्दीप लामिछाने

शरद भेषवाकर

सोमपाल कामी