७ श्रावण २०८३, बिहीबार
,
Latest
बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउँदै अर्जुनधारा आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न मानार्थ वाणिज्यदूतहरूलाई परराष्ट्रमन्त्री खनालको आह्वान ‘स्क्यामर’ र अन्य अपराधीको निगरानी गर्न आग्रह कृषि विश्वविद्यालय विदेशी विद्यार्थी भर्ना लिने तयारीमा तीन महिनामा सात हजार फरार प्रतिवादी पक्राउ मन्त्री बादीद्वारा सिंहदरबारस्थित दिवा शिशु केन्द्रको अनुगमन बिमा ऐनसम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ निजी क्षेत्रसँग सहकार्य गरेर शिक्षा क्षेत्रमा सुधार गर्छौंः मन्त्री पोखरेल उपराष्ट्रपति यादव इजिप्टको राष्ट्रिय दिवसमा सहभागी नेपाली काँग्रेसले शुरु गर्‍यो ‘एनसी फर एनसी’ अभियान
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितपुर महानगरपालिकाले शिक्षा, स्वास्थ्य र रोजगारीको क्षेत्रमा उल्लेख्य बजेट वृद्धि गर्छः चिरिबाबु महर्जन



अ+ अ-

काठमाडाैँ । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले शिक्षा, स्वास्थ्य र रोजगारीको क्षेत्रमा बजेट वृद्धि गर्ने बताएका छन् ।

पूर्वाधार तथा सम्पदाको विकास तथा निर्माणको काम लगभग सकिएकाले अब ललितपुर महानगरपािलकाले शिक्षा, स्वास्थ्य र रोजगारीको क्षेत्रमा लगानी बढाउने गरी आगामी आर्थिक वर्षको बजेट ल्याउने उनको भनाइ थियो ।

बिहीबार ललितपुरमा आयोजित अंगदात सम्मान कार्यक्रममा बोल्दै मेयर महर्जनले पछि आवद्ध हुन आएको खोकना, हरिसिद्धी, बुङमती र धापाखेलका वडाहरुमा मात्रै पूर्वाधार विकासको काम बाँकि रहेकाले महानगरपालिकाले अव सो क्षेत्रमा पनि अतिरिक्त बजेट व्यवस्थापन गर्नुपर्ने अवस्था नरहेको बताए ।

उनले भने,”उपमहानगरपालिकाबाट महानगरपालिकामा मर्ज हुन आएको खोकना, हरिसिद्धी, बुङमती र धापाखेल यो वडाहरुमा चाँही अलिकति पूर्वाधारको क्षेत्रमा काम गर्न बाँकि छ । अरु सबै लगभग सकियो । अहिले ललितपुरमा महानगरपालिका क्षेत्रमा सम्पदाको काम लगभग सिद्धियो । पाटन दरबार स्क्वायरमा रहेको जतिपनि मठमन्दिर, शिवालय, देवालय लगायत सबै सम्पदाहरुको बनाउने काम सिद्धियो । हामीले अहिले सम्पदाको क्षेत्रमा खास बजेट व्यवस्थापन गर्न पर्दैन । पूर्वाधारको क्षेत्रमा पनि बजेट आवश्यक छैन । बजेटमा हामीले अहिले ध्यान दिनुपर्ने भनेको शिक्षा, स्वास्थ्य र इम्प्लोईमेन्टमा हो । स्वास्थ्यमा पनि हामीले धेरै नै लगानी गर्दै आईरहेका छौँ ।”

मेयर महर्जनले ललितपुर महानगर भित्रको चलपथमा ४ महिनाभित्र स्मार्ट लाईट जडानको काम सम्पन्न हुने समेत बताए ।