२ भाद्र २०८३, मंगलवार
,
Latest
बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय भलिबल टोली बङ्गलादेशतर्फ



अ+ अ-

काठमाडौं । बङ्गलादेशमा आयोजना हुने पहिलो संस्करणको एशियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा भाग लिनको लागि नेपाली राष्ट्रिय महिला भलिबल टोली आज त्यसतर्फ प्रस्थान गरेको छ ।

भोलिदेखि ढाकामा शुरु हुने उक्त प्रतियोगितामा सहभागिता जनाउन १२ सदस्यीय खेलाडीसहितको टोली ढाका प्रस्थान गरेको हो । प्रतियोगितामा आयोजक बङ्गलादेशसहित नेपाल, अफगानिस्तान, किर्गीस्तान, माल्दिभ्स र तुर्कमेनिस्तान सहभागी छन् ।

राउण्ड रोबिन लिगका आधारमा सञ्चालन हुने उक्त प्रतियोगितामा नेपालले यही कात्तिक २४ गते माल्दिभ्ससँग खेल्दै सेन्ट्रल जोनको शुरुवात गर्नेछ । त्यस्तै कात्तिक २५ गते अफगानिस्तान, २६ गते किर्गिस्तान र २७ गते आयोजक बंगलादेशसँग खेल्नेछ । राउन्ड रोविन लिगको शीर्ष दुई टोलीले उपाधिका लागि २८ गते खेल्नेछ । सोही दिन तेस्रो र चौथो स्थानको लागि पनि प्रतिस्पर्धा हुनेछ ।

नेपाली खेलाडीमा कप्तान अरुण शाहीसहित प्रतिभा माली, सरस्वती चौधरी, निरुता ठगुन्ना, जानकी भण्डारी, सोफिया पुन, उषा विष्ट, सुनिता खड्का, कमला पुन, रेश्मा भण्डारी, पुनम चन्द र सलिना श्रेष्ठ छन् ।

नेपालमा आयोजना हुने १३औँ दक्षिण एशियाली खेलकूद ९साग० र एभिसी सेन्ट्रल जोनको तयारीका लागि नेपाली टोलीले थाइल्याण्डमा १९ दिन प्रशिक्षण गरेका थिए ।