२ भाद्र २०८३, मंगलवार
,
Latest
बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुनीरको ह्याट्रिकमा सेभिया नकआउट चरणमा



अ+ अ-

स्पेनिस क्लब सेभिया युरोपा लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । बिहिबार राति भएको खेलमा सेभियाले लक्समबर्गको क्लब एफ ९१ डुडेलाङ्गेलाई ५–२ गोल अन्तरले पराजित गर्दै अन्तिम ३२ मा पुगेको हो । मुनीर एल हाड्डडीले सेभियाको जितमा ह्याट्रिक गरे । यस्तै मुनास डाबुरले २ गोल गरेका थिए ।

एफ ९१ डुडेलाङ्गेका डानिल सिनानीले २ गोल फर्काए । जितसँगै समूह ए को सेभियाले ४ खेलमा अपराजित रहदै १२ अंक जोडेको छ । र, समूहको शीर्ष स्थानमा छ । ३ अंक जोडेको डुडेलाङ्गे पुछारमा रहेको छ ।

स्पानियोलले राज्ग्राडलाई ६–० गोलको फराकिलो अन्तरले हराएको छ । बसेलले गेटाफेलाई २१ ले नै हराएको छ ।