• ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
  •   Unicode
Logo
Latest
★   ‘लण्डन डर्बी’मा चेल्सीमाथि आर्सनलको एकतर्फि जित ★   सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत ★   नुवाकोटको ऐतिहासिक सिन्दूरे जात्राको रौनक ★   मुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिने ★   निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द ★   राष्ट्रपति पौडेलद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना-फोटो फिचर ★   एउटै बँदेलको टोकाइबाट सात घाइते ★   जनकपुरस्थित होटेलमा महिला र पुरुषको शव झुन्डिएको अवस्थामा फेला ★   विपिन जोशीको रिहाईका लागि पहल गरिदिन कतारका अमिरसँग राष्ट्रपतिको आग्रह ★   राष्ट्रपति र कतारका अमिरबीच भेटवार्ताः हिमाल, पानीको स्रोत जोगाउने तथा पृथ्वीलाई सुरक्षित राख्ने साझा मुद्दामा…

प्रकाश कोइरालाका ५ मुक्तक



१.
समयको वहावसँग बहन नसक्नुनै नियतिको खेल रहेछ
हृदयको धड्कावसँग रहन नसक्नुनै पिरतिको झेल रहेछ
मस्तिष्कका तन्तुसँगका चेतना संवेदना छचल्किन्छन् जताततै
नयनको स्वभावसँग सहन नसक्नुनै संगतिको मेल रहेछ!
२.
नहाँसेरै हाँस्नुमा,नबाँचेरै बाँच्नुमा पीडा धेरै हुन्छ
नसाँचेरै साँच्नुमा,नभाँचेरै भाँच्नुमा पीडा धेरै हुन्छ
सत्य र असत्यको भ्रमित संयोजनमा लट्टाउँछन् आँखा
नराखेरै राख्नुमा, नजाँचेरै जाँच्नुमा पीडा धेरै हुन्छ !!
३.
रात र दिनको बीचमा कुन बिहान हुन्छ?
मृत्यु-जीवनको बीचमा कुन चिहान हुन्छ ?
तत्व र सत्यको संसार जाली चक्रव्युहमा
पाउ र माथको बीचमा कुन सिह्रान हुन्छ ?
४.
ओखतीले छुँदैछुन्न मुटु दुखेपछि
आत्मा निको हुँदैहुन्न मुटु दुखेपछि
यादले गाँजेर सताउँछ,घरिघरि दुख्छ
नयन सुख्खा हुँदैहुन्न मुटु दुखेपछि
५.
कालापानीको निहुँमा नालापानी दोहोरिन सक्छ
यी गोर्खालीको रगतमा हानाहानी नरोकिन सक्छ
स्वाभिमानीको आत्मामा जानाजानी ठेस नपुर्याउनु
घातीवैरीको गर्धनमा हावापानी नसोचिन सक्छ !!!!!


प्रकाश कोइराला
गोलन्जोर-६, सिन्धुली
२०७६/०७/२२, शुक्रबार

(प्रकाश काेइरालाकाे फेसबुकबाट साभार)