२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेस्सीको जादुमय ह्याट्रिकमा बार्सिलोना पुग्यो शीर्ष स्थानमा



अ+ अ-

लियोनल मेस्सीको ह्याट्रिकमा बार्सिलोना स्पेनिस लिगको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा सेल्टा भिगोलाई ४–१ गोल अन्तरले बार्सिलोनाले हराएको हो । पेनाल्टीमा एक र फ्रिकिकमार्फत दुई जादुमय गोल गर्दै मेस्सीले ह्याट्रिक पुरा गरेका हुन् । खेलको २३ औ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै मेस्सीले बार्सिलोनालाई अघि बढाएका थिए ।

पाहुना टोली सेल्टा भिगोका ओलाजाले ४२ औ मिनेटमा खेल बराबरीमा ल्याएका थिए । तर पहिलो हाफको ईन्जुरी समयमा गोेल गर्दै मेस्सीले पुन बार्सिलोनालाई अग्रता दिलाएका थिए । मेस्सीले ४८ औ मिनेटमा ह्याट्रिक पुरा गर्दै बार्सिलोनालाई ३–१ ले अघि बढाएका थिए । ८५ औ मिनेटमा सर्जियो बुस्केटले गोल गर्दै बार्सिलोनाको लागी जित सुनिश्चित गराएका थिए ।

शीर्ष स्थानको बार्सिलोनाले १२ खेलबाट २५ अंक जोड्यो । दोस्रो स्थानको रियल मड्रिडसंग समान अंक भएपनि गोल अन्तरका आधारमा शीर्ष स्थानमा रह्यो । सेल्टा भिगो ९ अंक सहित रेलिगेशन जोनमै छ ।