१३ आश्विन २०८१, आईतवार
,
Latest
झ्याप्ले खोलामा पहिरो हटाइयो, ४८ घण्टापछि सडक दुईतर्फी खुल्यो बाढीपहिरो र डुबानमा परी देशभर एक सय ७० जनाको मृत्यु, ४२ जना अझै बेपत्ता सिधा कुरा प्रकरण: अदालतले मानहानी गरेको ठहर पछि प्रकाशक र सम्पादक जेल चलान बिपत्तिमा पनि उडान सुचारु गरेर यात्रुलाई सहज यात्राको अवसर दिऔ: चाइना साउदर्न सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज नेपाल किर्गीस्तानसँग खेल्दै



अ+ अ-

इरानमा जारी एएफसी यू–१९ च्यापिम्पयनसिप छनोटको अन्तिम खेलमा नेपालले आज (आइतबार) किर्गीस्तानसँग प्रतिस्पर्धा गर्दैछ । छनोटको सुरुवाती दुई खेलमा पराजय व्यहोर्दै प्रतियोगिताबाट बाहिरिसकेको नेपालले अन्तिम खेलमा किर्गीस्तानसँग खेल्न लागेको हो । नेपाल र किर्गीस्तानबीचको खेल नेपाली समय अनुसार तेहरानस्थित पीएएस रंगशालामा साँझ ५ बजे सुरु हुनेछ ।

किर्गीस्तानविरुद्ध मैदान उत्रदा नेपाल सान्त्वना जितको खोजीमा भएपनि बलियो किर्गीस्तानविरुद्ध नेपाललाई जित निकाल्न कठिन भने रहेको छ । समूह डी मा रहेको नेपालले २ खेलमा अंक जोड्न सकेको छैन । नेपाल समूहको पुछारमा रहेको छ । तर, अन्तिम खेलमा नेपाल कम्तिमा एक अंक जोड्न चाहन्छ ।

२ खेलमा ६ अंक जोडेर किर्गीस्तान दोस्रो स्थानमा रहेको छ । छनोटमा नेपालले पहिलो खेलमा युएई र दोस्रो खेलमा इरानसँग समान ४–० गोलको हार व्यहोरेको थियो । यस समूहको शीर्ष टिमले फाइनल चरणमा स्थान बनाउने छन् ।