२३ जेष्ठ २०८३, शनिबार
,
Latest
सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना
तपाईं के खोज्दै हुनुहुन्छ ?

नुवागी कपका विजेतालाई नगद तथा ट्रफी पुरस्कार



अ+ अ-

भक्तपुर । नुवागी मिडिया प्रालिको आयोजनामा भएको नुवागी कप अन्तरविद्यालय फुटसल प्रतियोगिताको चौथौँ संस्करण आज सम्पन्न भएको छ। कक्षा ६ देखि १० का छात्र, छात्रा र ११ र १२ का छात्र गरी ३ क्याटेगोरीमा भएको प्रतियोगितामा ३४ वटा समूहबीच प्रतिस्पर्धा भएको थियो। कक्षा ६ देखि १० का सहभागी छात्राहरुको १० समूह मध्येबाट थिमीको शंकर नेशनल स्कुलका छात्राहरुले पहिलो स्थान हाँसिल गरे भने ललितपुरको ब्लुबर्ड स्कुलका छात्रा दोस्रा भए।

त्यस्तै कक्षा ६ देखि १० का सहभागी छात्रहरुको १३ समूहमध्येबाट पेप्सीकोलाको कौस्तुभ एकेडेमी पहिलो स्थान बनाउन सफल रह्यो भने थिमीको जेनिथ एकेडेमी दोस्रो। कक्षा ११ र १२ का छात्रहरु बीचको प्रतिस्पर्धामा विनायक शिक्षा निकेतन, थिमी पहिलो र चाणक्य सेकेण्डरी स्कुल दोस्रो बन्न सफल भएको थियो। पहिलो हुने तीनै समूहलाई नगद रु १० हजार, मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो। दोस्रो हुने सबै समूहलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो।

तीनै क्याटेगोरीबाट छानिएका उत्कृष्ट खेलाडी र गोरकिपर लगायत विजयी सबै समूहलाई प्रतियोगिताको अन्तिम दिन नेपाल अखिल महिला फुटबल संघका अध्यक्ष बिन्द्रा देवान तथा सचिव सरिला श्रेष्ठले पुरस्कार वितरण गरेका थिए। कार्यक्रमका प्रमुख अतिथि एन्फाका सदस्य तथा फुटसल कमिटीका संयोजक दावा लामाले रेफ्री उमा श्रेष्ठ र सबिन ढकाललाई बल पास गरी अन्तिम दिनको पहिलो खेलको उद्घाटन गरेका थिए।

त्यस्तै छात्राहरुको सेमिफाइनल खेलको उद्घाटन नेपाल अखिल महिला फुटबल संघका उपाध्यक्ष अञ्जु भट्टराईबाट भएको थियो। पहिलो दिनको पहिलो खेल उद्घाटन हिसान भक्तपुरका अध्यक्ष अनिल कसपालबाट र दोस्रो दिनको पहिलो खेल उद्घाटन प्याब्सन भक्तपुरका अध्यक्ष चन्द्र अधिकारीबाट भएको थियो।

गठ्ठाघरस्थित प्रोमोशनल फुटसलमा आयोजित प्रतियोगिताका स्वयम सेवक तथा सहयोगी सम्पूर्ण संघ संस्थासमेतलाई समापन कार्यक्रममा सम्मान गरिएको थियो।