१३ आश्विन २०८१, आईतवार
,
Latest
झ्याप्ले खोलामा पहिरो हटाइयो, ४८ घण्टापछि सडक दुईतर्फी खुल्यो बाढीपहिरो र डुबानमा परी देशभर एक सय ७० जनाको मृत्यु, ४२ जना अझै बेपत्ता सिधा कुरा प्रकरण: अदालतले मानहानी गरेको ठहर पछि प्रकाशक र सम्पादक जेल चलान बिपत्तिमा पनि उडान सुचारु गरेर यात्रुलाई सहज यात्राको अवसर दिऔ: चाइना साउदर्न सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

भुटानको विकल्प दिन एन्फाले गर्यो अस्विकार



अ+ अ-

काठमाडौं । विश्वकप छनोट अन्तर्गत कुवेतविरुद्वको खेलका लागि प्रस्ताव गरेको भुटानको विकल्प दिन अखिल नेपाल फुटबल संघ (एन्फा)ले अस्विकार गरेको छ । दशरथ रंगशाला खेल्न योग्न नभएपछि एसियाली फुटबल महासंघ (एएफसी)ले प्रतियोगिता आयोजनाको विकल्प दिन एन्फा समक्ष आग्रह गरेको थियो । दशरथ रंगशालाको विकल्पको रुपमा भुटानको थिम्पुमा खेल गर्ने एन्फाले प्रस्ताव गरेको थियो ।

तर कुवेत फुटबल महासंघले भिषा, होटल र फ्लड लाईटको समस्या देखाउँदै एएफसीमार्फत भुटानको समेत विकल्प दिन नेपाललाई पत्र पठाएको थियो । तर एन्फाले भुटानको विकल्प दिन अस्विकार गरेको छ । कुवेतका लागि आवश्यक पर्ने भिषा, होटलको सहज सुविधा उपलब्ध गराउने प्रतिबद्वता जनाउँदै विकल्पमा सोच्न नसकिने जवाफ आईतबार एएफसीमा एन्फाले पठाएको हो।

‘उनीहरुले अन्तराष्ट्रिय उडानको सहजता अनि भिषाको समस्या देखाएका थिए ।’ एन्फा महासचिव ईन्द्रमान तुलाधरले , ‘हामीले भुटानसंग मिलेर भिषा, होटल लगायतको सबै प्रबन्ध गर्ने जवाफ पठाएका छौ ।’ एन्फालाई कुवेतलाई आवश्यक पर्ने भिषा र होटलको व्यवस्था मिलाउन भुटान फुटबल संघले सघाउने भएको छ ।

भुटानको समेत प्रतिबद्वता सहित नेपालले विश्वकप छनोटको कुवेतविरुद्वको खेल भुटानमै सञ्चालन गर्ने अडान दोहर्याएको हो । कुवेतले विविध कारण देखाउँदै नेपालविरुद्वको दोस्रो लेगको खेल समेत आफ्नै मैदानमा आयोजना गर्न चाहेको छ । सोही अनुसार उसले अन्तराष्ट्रिय लबिङ समेत गर्दै आएको छ ।

कुवेतमा भएको पहिलो लेगको खेलमा नेपालले ७–० को हार ब्यहोरेको थियो । कुवेतविरुद्वको दोस्रो लेगको खेल नेपालले घरेलु मैदानमा आयोजना गर्ने मौका थियो । तर दशरथ रंगशाला तयार नहुँदा एएफसीले नेपालमा खेल आयोजना हुन नसक्ने बताएको थियो ।