१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

खराब व्यवहारका कारण स्टर्लिङले युरो छनोटको खेल गुमाउने



अ+ अ-

ईङ्ल्याण्ड फरवार्ड रहिम स्टर्लिङले युरो छनोटको खेल गुमाउने भएका छन् । ईङल्याण्डले आगामी बिहिबार युरो छनोट अन्तर्गत घरेलु मैदान वेम्वलीमा मोन्टेनेग्रोविरुद्व खेल्दैछ । तर ईङल्याण्डको फुटबल संघले लिभरपुलका जोए गोमजसंग स्टर्लिङले गरेको व्यवहारलाई लिएर उनलाई टिम बाहिर राख्ने निर्णय लिएको हो । २४ बर्षका म्यान्चेष्टर सिटीका खेलाडी स्टर्लिङले एनफिल्ड मैदानमा लिभरपुल तथा ईङ्ल्याण्डका डिफेन्डर जोए गोमेजसंग विवाद गरेका थिए ।

सो खेलमा एनफिल्ड क्लब लिभरपुलले ३–१ को जित हासिल गरेको थियो । ईङ्ल्याण्डका प्रशिक्षक ग्यारेथ साउथगेटले भने, ‘दुर्भाग्य रुपमा हिजोको खेलको भावना अझै बाँकी छन् । ‘हामीले सम्पुर्ण टिमको सहमतीमा यो निर्णय लिएका हौ । अब हामीले खेलाडीलाई सहयोग गर्नपर्छ । बिहिबारको खेलमा केन्द्रित हुनपर्छ ।’ उनले थपे ।

ईङ्ल्याण्डको सिनियर फुटलब टिमले बिहिबार एक हजारौ अन्तराष्ट्रिय खेल खेल्दैछ । बिहिबार हुने खेलमा जित हासिल गरेमा ईङ्ल्याण्ड युरो कपमा छनोट हुनेछ । युरो छनोट अन्तर्गत समूह एमा ईङ्ल्याण्ड शीर्ष स्थानमा छ । उसले दोस्रा स्थानको चेक रिपब्लिकसंग तीन अंकको अग्रता लिएको छ ।

ईङ्ल्याण्डलाई एक अंक समेत छनोटका लागि पर्याप्त हुनेछ, यदी चेक रिपब्लिक र कोसोभोबीचको खेल बराबरी सकिएको खण्डमा । ईङ्ल्याण्डले युरो छनोटको अन्तिम खेल नोभेम्बर १७ मा कोसोभोविरुद्व खेल्नेछ ।