१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बंगलादेशलाई हराउदै फाईनल नजिक पुग्ने लक्ष्यमा नेपाल



अ+ अ-

काठमाडौं । पहिलो संस्करणको एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा आज (मंगलबार) नेपालले घरेलु टोली बंगलादेशसंग प्रतिस्पर्धा गर्दैछ । खेल ढाकाको शहीद सुहरावर्दी ईन्डोर स्टेडियममा हुनेछ । खेल नेपाली समय अनुसार दिउँसो २ः४५ बजे सुरु हुनेछ ।

सुरुवाती दुई खेल जितेर उपाधि होडमा बलियो देखिएको नेपाली टिमलाई घरेलु टोलीले परिक्षा लिनेछ । पहिलो खेलमा नेपालले अफगानिस्तान र दोस्रा खेलमा कीर्गिस्तानलाई सोझो सेटमा हराएको थियो । अब भने नेपाल बंगलादेशलाई हराउँदै फाईनल नजिक पुग्ने लक्ष्यमा हुनेछ ।

नेपालको मुख्य चुनौतीको रुपमा माल्दिभ्स रहेको छ । नेपालले लिग चरणको अन्तिम खेलमा भोली (बुधबार) माल्दिभ्ससंग खेल्नेछ । प्रतियोगिताको उपाधि जित्न खासै ठुलो चुनौती नभएको मुख्य प्रशिक्षक जगदीश भट्टले बताएका छन् । उनले प्रतियोगितामा सहभागी सबै टिमलाई हराउन सक्ने क्षमता नेपाली खेलाडीमा रहेको दाबी गरेका छन् ।

सोही कारण बंगलादेशविरुद्वको खेल राष्ट्रिय महिला भलिबल टिमलाई सहज हुने अपेक्षा गरिएको छ । राउण्ड रोबिन लिगको शीर्ष दुई टिमले फाईनल खेल्नेछन् । बंगलादेश भलिबल संघले आयोजना गरेको प्रतियोगितामा नेपाल सहित पाँच राष्ट्र सहभागी छन् ।