१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारत ‘ए’ विरुद्ध नेपाल मैदानमा बलिङ गर्दै



अ+ अ-

काठमाडौं । भारतमा जारी यू–१९ च्यालेन्जर्स एकदिवसीय क्रिकेट अन्तर्गत नेपालले दोस्रो खेलमा अहिले भारतको ए टिमसँग प्रतिस्पर्धा गरिरहेको छ । भारतको हैदरावादस्थित राजिव गान्धी अन्तराष्ट्रिय क्रिकेट मैदानमा भईरहेको खेलमा नेपालले टस जिति पहिले फिल्डिङ रोजेको छ । नेपालले बलिङ रोजेपछि भारत ब्याटिङ गरिरहेको छ ।

पहिलो खेल गुमाएको नेपाल पहिलो जितको खोजीमा रहेको छ । भारतको सी टिमसँग नेपाल पहिलो खेलमा फराकिलो अन्तरले पराजित भएको थियो । भारतले आयोजना गरेको सिरिजमा नेपाल सहित भारतको ए, बी र सी टिमले प्रतिस्पर्धा गरिरहेका छन् । शीर्ष दुई टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।