१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले भारत विरुद्व एसीसी इमर्जिङ एसिया कपमा ब्याटिङ गर्ने



अ+ अ-

काठमडौं । भारत विरुद्व नेपालले एसीसी इमर्जिङ एसिया कप क्रिकेटमा ब्याटिङ गर्ने भएको छ ।बंगलादेशको ढाकास्थित सभारमा भारतले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको हो । नेपाली टिम ज्ञानेन्द्र मल्लको कप्तानीमा मैदान उत्रिएको छ भने भारतीय टिमको नेतृत्व बीआर सरथले गरेका छन् । भारतले उमेर समूहको टिम मैदान उतारेको हो ।

नेपाली टिमका नियमित दुई खेलाडी पारस खड्का र सन्दीप लामिछाने टी–१० लिग खेल्न युएईमा रहेकाले इमर्जिङ एसिया कपमा सहभागी नहुने भएका हुन् । प्रतियोगितामा टेष्ट राष्ट्र भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तानसहित नेपाल, ओमान र हङकङले खेल्ने छन् । सहभागी आठ टोली दुई समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा पाकिस्तान, ओमान,श्रीलंका र अफगानिस्तान रहेका छन् भने समूह ‘बी’ मा नेपाल, भारत,बंगलादेश र हङकङ रहेका छन् । यस्तै नोभेम्बर १६ मा हङकङसँग खेल्दा समूह चरणको अन्तिम खेलमा बंगलादेशसँग नोभेम्बर १८ मा खेल्ने छ । प्रतियोगितामा युएईले नाम फिर्ता लिएपछि नेपालले खेल्ने मौका पाएको हो ।