२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पीएसएलको ड्राफ्टमा परे सन्दीप लामिछाने



अ+ अ-

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पीएसएल) टी–ट्वान्टी क्रिकेट लिगको ड्राफ्टमा परेका छन् । नेपाली युवा लेग स्पिनर सन्दीप प्लाटिनम श्रेणीको ड्राफ्टमा परेका हुन् । ड्राफ्टमा पर्ने एक्लो नेपाली खेलाडी सन्दीप हुन् ।सन्दीपसँगै प्लाटिनममा २८ जना विदेशी खेलाडी अटाएका छन् ।

प्लाटिनमको न्युनतम मुल्य १ लाख ४७ हजार अमेरिकी डलर र अधिकतम २ लाख १८ हजार डलर रहेको पीएसएलले सार्वजनिक गरेको ड्राफ्टमा छ । ड्राफ्ट डिसेम्बरको पहिलो साता हुनेछ । एक टिमले पाँच जना विदेशी खेलाडी अनुबन्ध गर्न पाउने छन् । जसमा ३ जना प्लाटिनम श्रेणीको खेलाडी किन्न पाउने छन् ।

लाहोर क्वालन्डर्स, इस्लामावाद युनाइटेड, कराची किङ्ग्स, मुल्तान सुल्तान्स, पेशावर जल्मी र क्वेटा ग्लाडियर्टसले पीएसएलमा प्रतिस्पर्धा गर्ने छन् । सन्दीपले लाहोर क्वालन्डर्सबाट गत सिजन खेलेका थिए । सन्दीप अहिले टी-१० लिगका लागि युएईमा रहेका छन् । सन्दीप गत महिना इंग्ल्यान्ड र वेल्समा हुने द हन्ड्रेड’ लिगका लागि अनुबन्धित भएका थिए ।