२३ जेष्ठ २०८३, शनिबार
,
Latest
सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना
तपाईं के खोज्दै हुनुहुन्छ ?

बार्सिलोनाका पूर्व स्ट्राइकर भियाले सन्यास लिँदै



अ+ अ-

स्पेनिस लिजेण्ड डेभिड भियाले फुटबलबाट सन्यास लिने घोषणा गरेका छन् । स्पेनिस स्ट्राइकर भियाले अर्को महिना फुटबलबाट सन्यास लिने घोषणा गरेका हुन् । बार्सिलोनाका पूर्व स्ट्राइकर भिया जे लिगमा भिसेल कोबेबाट फुटबल खेल्दै आएका छन् ।

जापानको जे लिगमा व्यवसायिक फुटबल खेलिरहेका भियाले सिजनको अन्त्यसँगै फुटबलबाट सन्यास लिने बताएका हुन् । जे लिग अर्को महिना सकिने छ ।

विश्वकप र युरोकप विजेता ३७ वर्षे भिया स्पेनका लागि सर्वाधिक गोलकर्ता खेलाडी हुन् । स्पेनले सन् २०१० को विश्वकप र २००८ को युरोकप जित्दा भिल्ला मुख्य खेलाडी थिए । यस्तै भियाले बार्सिलोनाबाट दुई पटक ला लिगा र एक पटक च्याम्पियन्स लिग जितेका थिए ।