१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोनाल्डोको ह्याट्रिकमा पोर्चुगलको शानदार जित



अ+ अ-

क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकबाट प्रेरित पोर्चुगलले युरोछनोटमा लिथुनियालाई ६–० ले हराएको छ । बिहिबार राति घरेलु मैदानमा भएको खेलमा प्रभावशाली जित निकाल्दै युरोछनोटको नजिक पुग्न पोर्चुगल सफल भएको छ । पोर्चुगलका लागि रोनाल्डोले ९८ अन्तराष्ट्रिक गोल गर्न सफल रहे । ३४ बर्षका रोनाल्डोले आईतबार हुने खेलमा लक्जमवर्गविरुद्व दुई गोल गरेमा सय गोलको कोशेढुङ्गा पार गर्ने दोस्रो खेलाडी बन्नेछन् ।

पोर्चुगलका लागि उनले नवौ ह्याट्रिक समेत पुरा गरेका छन् । उनी अलि डाईसको विश्व कीर्तिमान भंग गर्न ११ गोलले पछाडी छन् । ईरानका लिजेण्ड डाईसले १ सय ९ गोल गरेका छन् । खेलको सातौ मिनेटमा रोनाल्डोले पेनाल्टीमार्फत पोर्चुगललाई सुरुवाती अग्रता दिलाएका थिए । २२ औ मिनेटमा उनले ब्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई अघि बढाए ।

५२ औ मिनेटमा एफोन्सो फर्नान्डेसले गोल गर्दै पोर्चुगललाई ३–० ले अघि बढाएका थिए । मेन्डेस पेसेन्सियाले पोर्चुगलाकालागि चौथो गोल गरेका थिए । बर्नार्डो सिल्भाले ६३ औ मिनेटमा गोल गर्दै पोर्चुगललाई ठुलो जिततर्फ अगाडी बढाएका थिए । त्यसको दुई मिनेटपछि आफ्नो ह्याट्रिक पुरा गर्न रोनाल्डो सफल भए । युभेन्ट्सका स्टार रोनाल्डोले क्लबबाट पछिल्लो दुई खेल पुरा समय खेल्न पाएका छैनन् ।

साविक विजेता पोर्चुगलले आईतबारको खेलमा लक्जमवर्गलाई हराउन सकेमा युरोकपमा छनोट हुनेछ । पोर्चुगल ७ खेलबाट १४ अंक सहित समूह बीको दोस्रो स्थानमा छ । सर्वियाले १३ अंक सहित पोर्चुगललाई दबाब दिईरहेको छ । लिथुनिया ४ अंक सहित चौथो स्थानमा छ ।