१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिलो टी–ट्वान्टीमा अफगानिस्तानमाथी वेष्ट इण्डिजको विजयी



अ+ अ-

अफगानिस्तानविरुद्धको पहिलो टी–ट्वान्टी क्रिकेटमा वेष्ट इण्डिज विजयी भएको छ । बिहिबार राति भएको खेलमा अफगानिस्तानलाई ३० रनले वेष्ट इण्डिजले हराएको हो । लखनउमा वेष्ट इण्डिजले दितेको १ सय ६५ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३४ रन मात्र बनाउन सक्यो । अफगानिस्तानका लागी नाजिबउलाल्ह जाड्रानले २७ तथा अस्घर अफगानले २५ रन बनाएका थिए ।

यसैगरी फारिड अहमेदले अविजित २४ रन जोड्दा हजरातउलाल्ह जाजईले २३ रन बनाएका थिए ।वेष्ट इन्डिजका लागी केस्रिक विलियम्सले ३ विकेट लिएका थिए । यस्तै केइरन पोलार्ड र हेडेन वाल्शले २/२ विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको वेष्ट इण्डिजले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो । वेष्ट इण्डिजका लागि इभिन लेविसले ६८ रनको अर्धशतकीय इनिङ्स खेले ।

केइरन पोलार्डले अविजित ३२ तथा सिम्रोन हिटमायरले २१ रन बनाए । अफगानिस्तानका गुल्बादिन नाइबले २ विकेट लिन सफल रहे । जितसँगै ३ खेलको सिरिजमा वेष्ट इण्डिजले १–० को अग्रता बनाएको छ ।