१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज भारत ‘बी’ सँग नेपाल भिड्दै, पहिलो जितको खोजीमा



अ+ अ-

भारतमा जारी यू–१९ च्यालेन्जर्स एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत तेस्रो खेलमा नेपालले आज (शुक्रबार) भारत ‘बी’ सँग प्रतिस्पर्धा गर्दैछ । नेपालले अघिल्ला दुई खेलमा लगातार हार व्यहोरिसकेको छ । तेस्रो खेलमा अब नेपालले भारत ‘बी’ सँग खेल्न लागेको हो । हैदरवादमा हुने खेल नेपाली समय अनुसार ९ः१५ मा सुरु हुनेछ ।

भारत ‘बी’ विरुद्ध मैदान उत्रदा नेपाल पहिलो जितको खोजीमा हुनेछ । नेपाल तेस्रो खेलमा अंक जोड्न चाहन्छ । तर, उत्कृष्ट प्रदर्शन गरिरहेको भारत ुबीु माथि जित निकाल्न कठिन चुनौती भने नेपाललाई अवश्य रहेको छ ।

यस अघि पहिलो खेलमा नेपाल भारत ‘सी’ सँग १० विकेटले पराजित भएको थियो । यस्तै दोस्रो खेलमा भारत ‘ए’ टिमसँग १ सय ७ रनले पराजित भएको थियो ।