१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज विश्व फुटबलका महान टिमहरु अर्जेन्टिना र ब्राजिलको भिडन्त हुँदै



अ+ अ-

विश्व फुटबलमा महान हस्ती अर्जेन्टिना र ब्राजिलबीचको खेल आज हुने भएको छ । कोपा अमेरिका कपपछि यी दुई टोली शुक्रबार (आज) राति टक्राउँदै छन् । आज मैत्रीपूर्ण खेलमा आज अर्जेन्टिना र ब्राजिलले प्रतिस्पर्धा गन लागेका हुन् । खेल तटस्थ भेन्यु साउदी अरवमा हुँदैछ । कोपा अमेरिकापछि तीन महिनाको प्रतिबन्ध सकिएसँगै अर्जेन्टिनी कप्तान लियोनल मेस्सी पनि यही खेलमार्फत राष्ट्रिय टोलीमा फर्कदैछन् ।

ब्राजिल र अर्जेन्टिना पनि पहिलो पटक कोपा अमेरिकापछि भिड्न लागेका हुन् । कोपामा आयोजक ब्राजीलले अर्जेन्टिनालाई २–० गोलले हराएको थियो । त्यही खेलमा मेस्सीले आयोजकले खेल मिलेमतो गराएको, कोपामा भ्रष्टाचार मौलाएको जस्ता आरोप लगाएका थिए । जसकारण उनी तीन महिनाको प्रतिबन्धमा परेका थिए ।

संयोगबस त्यही खेलपछि मेस्सीको भेट पुनः ब्राजिलसँग हुँदैछ । ब्राजिल टोलीमा स्टार खेलाडी नेइमार भने हुने छैनन् । चोटका कारण नेइमारले यस खेल नखेल्ने बताईएको छ । पछिल्ला खेलमा ब्राजिलले कमजोर प्रदर्शन गरिरहेको छ । अर्जेन्टिनाले भने राम्रो नतिजा निकालिरहेको अवस्था छ । त्यसैले यी दुई टोलीमा कस्ले जित्ला भन्ने कौतुहलता बढेको छ ।