१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जित सहित क्रोएसिया युरोकपमा



अ+ अ-

विश्वकप फुटबलको उपविजेता क्रोएसिया युरोकपमा छनोट भएको छ । समूह ईको खेलमा शनिबार राति स्लोभाकियालाई ३–१ ले हराउँदै विश्वकपको उपविजेता क्रोएसिया युरोकपमा छनोट भएको हो । खेलमा अग्रता स्लोभाकियाका बोजेनिकको ३२ औ मिनेटमा भएको गोलबाट लिएको थियो ।

घरेलु टोलीका निकोला भ्यासिकले ५६ औ मिनेटमा खेल बराबरीमा ल्याएका थिए । खेलको ६० औ मिनेटमा बुर्नो पेटकोविक क्रोएसियालाई २–१ को अग्रता दिलाए । ईभान पेरिसिक ७४ औ मिनेटमा गोल गर्दै टोलीका जित सुनिश्चित गरे ।

६६ औ मिनेटमा मेक रातो कार्ड खाँदै मैदान बाहिरिएपछि स्लोभाकिया १० खेलाडीले सिमित बनेको थियो । समूह ई अन्तर्गत क्रोएसियाले १७ अंक सहित शीर्ष स्थानमा रहँदै युरोकपमा छनोट भयो । चौथो स्थानको स्लोभाकियाको १० अंक रह्यो ।