२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा निजी क्षेत्रका प्रतिनिधिहरू भन्छन् : बजेटले मनोबल बढाए पनि कार्यान्वयनमा आशंका छ सशस्त्रले नियन्त्रणमा लिएका गाडीबारे छानबिन गर्न संयुक्त समिति गठन पशुपति क्षेत्र विकास कोषको कदमप्रति तिलगंगावासीको विरोधः ‘हामी सुकुम्बासी होइनौँ, राज्यले अधिकार हनन गर्‍यो’
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीले संसदलाई ‘बंक’ गर्न थालेको काँग्रेसको आरोप



अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसले दुई तिहाइ नजिकको संख्याको आडमा प्रधानमन्त्री बालेन्द्र साहले संसदलाई कमजोर बनाउने प्रयास गरेको आरोप लगाएको छ ।

प्रतिनिधि सभाको बिहीबार बसेको बैठकमा काँग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्री संसदप्रति जिम्मेवार नदेखिएको आरोप लगाउँदै लोकतान्त्रिक मूल्य र संसदीय अभ्यास कमजोर पार्ने काम भइरहेको बताउनुभयो । उहाँले प्रधानमन्त्री स्वयंले संसदलाई बेवास्ता गरेको टिप्पणी गर्नुभयो ।

सत्तापक्षका सांसद मनिष झाले ‘सदन गुरुकुल र विश्वविद्यालयजस्तो हुनुपर्छ’ भन्ने अभिव्यक्ति दिएको उल्लेख गर्दै राईले अहिले प्रधानमन्त्रीले त्यही “विश्वविद्यालय” समान संसद नै ‘बंक’ गर्न थालेको टिप्पणी गर्नुभयो । संसद भवनबाट केही सय मिटर दूरीमै प्रधानमन्त्रीको कार्यालय रहे पनि नीति तथा कार्यक्रममाथिको छलफलमा उहाँ अनुपस्थित रहनु दुःखद् भएको राईको भनाइ थियो ।

उहाँले नीति तथा कार्यक्रमलाई देशको रोडम्यापको संज्ञा दिँदै प्रधानमन्त्रीकै अनुपस्थितिका कारण यस विषयमा पर्याप्त छलफल हुन नसकेको बताउनुभयो । सरकारको आगामी एक वर्षको प्राथमिकता र कार्ययोजना समेटिएको महत्वपूर्ण दस्तावेजमाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्री स्वयंले दिनुपर्ने काँग्रेसको माग रहेको उहाँले स्पष्ट पार्नुभयो ।

राईले संविधानको धारा ७६ (१०) अनुसार प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुनुपर्ने उल्लेख गर्दै प्रश्नबाट भाग्ने प्रवृत्ति लोकतन्त्रका लागि शुभ संकेत नभएको बताउनुभयो ।

उहाँले सभामुखमार्फत प्रधानमन्त्रीलाई संसदमा उपस्थित हुन रुलिङ गर्न पुनः ध्यानाकर्षण समेत गराउनुभयो ।