१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्रिजम्यान चम्किँदा अल्बानियामाथी फ्रान्सको जित



अ+ अ-

युरोकप छनोटको अन्तिम खेलमा समेत फ्रान्सले जित हात पारेको छ । फ्रान्सले २–० गोल अन्तरले अल्बानियालाई पराजित गरेको हो । फ्रान्स समूह एचको शीर्ष स्थानमा रहँदै युरोकपमा बलियो देखिएको छ । उसले दोस्रो स्थानको टर्कीसंग दुई अंकको अग्रता लिदै समूह चरणको प्रतिस्पर्धा अन्त्य गर्यो ।

खेलको आठौ मिनेटमा कोरेन्टिन टोलिसोले फ्रान्सलाई सुरुवाती अग्रता दिलाएका थिए । एन्टोनी ग्रिजम्यानको फ्रिकिकमा उनले हेडमार्फत गोल गरेका थिए । ३१ औ मिनेटमा ग्रिजम्यानले गोल गर्दै फ्रान्सको अग्रता पहिलो हाफमै दोब्बर बनाएका थिए । समूह एचको खेलमा फ्रान्सले १० खेलबाट २५ अंक जोड्यो ।

अल्बानिया १३ अंक सहित चौथो स्थानमा रह्यो । स्पेनले छनोटको अन्तिम खेलमा रोमानिया र जर्मनीले नर्दन आयरल्याण्डसंग प्रतिस्पर्धा गर्दैछ ।