१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोनाल्डोको गोलमा पोर्चुगल युरोकपमा



अ+ अ-

साविक विजेता पोर्चुगल सन् २०२० मा आयोजना हुने युरोकप फुटबलमा छनोट भएको छ । आइतबार भएको खेलमा पोर्चुगलले लक्समबर्गलाई २–० गोल अन्तरले पराजित गर्दै युरोकपमा छनोट भएको हो । पोर्चुगललाई जित दिलाउन क्रिस्टियानो रोनाल्डो र बुर्नो फर्नान्डेसले एक एक गोल गरेका थिए्र ।

लक्समबर्गविरुद्ध खेलको ३९ औं मिनेटमा फर्नान्डेसले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । त्यसपछि रोनाल्डोले खेलको ८६ औं मिनेटमा गोल गर्दै पोत्चुगललाई २–० को जित दिलाएका थिए । योसँगै रोनाल्डोले राष्ट्रका लागि ९९ गोल गर्न सफल भएका छन् ।
जितसँगै समूह ‘बी’ बाट पोर्चुगलले समूह उपविजेता बन्दै युरोकपमा स्थान बनाएको हो ।

८ खेलमा पोर्चुगलले १७ अंक जोड्यो । पोर्चुगलले समूहको तेस्रो स्थानको सर्बियाविरुद्ध स्पस्ट ३ अंकको अग्रता बनाउन सफल भयो । सर्बियाले ८ खेलमा १४ अंक जोडेको छ । युक्रेन ८ खेमा २० अंक जोडेर शीर्ष स्थानमा रहदै युरोकपमा छनोट भएको छ ।