१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बंगलादेशविरुद्व नेपाल ब्याटिङमा



अ+ अ-

एसीसी इमर्जिङ एसिया कप क्रिकेटमा नेपालविरुद्द बंगलादेशले टस जितेको छ । बंगलादेशले समूह चरणको अन्तिम खेलमा टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ । र नेपाललाई ब्याटिङमा बोलाएको छ । नेपालले टिममा दुई परिवर्तन गरेको छ । ओपनिङमा ज्ञानेन्द्र मल्लसग कुशल भुर्तेल आएका छन् । शरद भेषवाकर, सोमपाल कामी, करण केसी, बिनोद भण्डारी, पवन सरार्फ, सन्दीप जोरा, सुसन भारी, आरिफ शेख र दिपेन्द्र सिंह ऐरी प्लेईङ सेटमा छन् ।

समुह ‘बी’ मा रहेको नेपाल र बंगलादेशले समान दुई खेल खेलेका छन् । नेपाल एकमा जित र एकमा हार ब्यहोर्दै तालिकाको तेस्रो स्थानमा छ । दुवै खेलमा जित निकालेको बंगलादेश समूहको शीर्ष स्थानमा छ । अघिल्लो चरण प्रवेशको लागि नेपाललाई बंगलादेशविरुद्व जित निकाल्नै पर्ने दबाब छ । नेपाल ढाकामा बिहिबार भएको पहिलो खेलमा भारतको यू–२३ टिमसँग ७ विकेटले पराजित भएको थियो ।

यस्तै शनिबार दोस्रो खेलमा हङकङलाई ४० रनले पराजित गर्दै सेमिफाइनल प्रवेशको सम्भाबनालाई जिवित राखेको थियो । बंगलादेशले पहिलो खेलमा हङकङलाई ९ तथा भारतलाई ६ विकेटले पराजित गरेको थियो ।

उपाधि दाबेदार बंगलादेशलाई हराउँदै नेपाल अघिल्लो चरणमा राम्रा टिमविरुद्व क्रिकेट खेल्न चाहन्छ । प्रतियोगितामा युएईले नाम फिर्ता लिएपछि नेपालले खेल्ने मौका पाएको थियो ।समूहको शीर्ष दुई टिमले सेमिफाईनल खेल्नेछन् ।