१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल कुवेतसँग भिड्दै, बदला लिने अवसर



अ+ अ-

काठमाडौं । कतारमा आयोजना हुने फिफा विश्वकपको दोस्रो चरणको छनोट अन्तर्गत नेपालले आज (मंगलबार) कुवेतसँग प्रतिस्पर्धा गर्दैछ । पहिलो घरेलु खेलको रुपमा नेपालले कुवेतसँग भुटानको थिम्पुमा खेल्न लागेको हो । नेपालको दशरथ रंगशाला नबनेपछि खेल न्युट्रल भेन्युको रुपमा भुटानमा सारिएको हो । खेल नेपाली समय अनुसार पौने ३ बजे थिम्पुस्थित चाङ्लिमिथाङ रंगशाला सुरु हुनेछ ।

बलियो कुवेतविरुद्ध मैदान उत्रदा नेपाली टिम कम्तिमा अंक खोस्ने योजनामा हुनेछ । त्यसका लागि आफ्नो टिम तयार रहेको मुख्य प्रशिक्षक योहान कालिनले बताएका छन् । प्रशिक्षक कालिनले कुवेतसँगको खेल निकै महत्वपूर्ण रहेको समेत स्पष्ट पारे । ‘यस खेल हाम्रो लागि महत्वपूर्ण रहेको छ । हामी कुवेतसँग प्रतिस्पर्धा गर्न तयार छौँ । मैले खेलाडीमा फोकस गरेका छौँ । खेलाडी प्रतिस्पर्धाका लागि राम्रो मुडमा छन् ।’ प्रशिक्षक कालिनले भने ।

यस अघि कुवेतसँगको अवे खेलमा नेपालले ७–० को हार व्यहोरेको थियो । तर, भुटानमा नेपाल त्यस हारलाई बिर्साउने प्रदर्शन गर्न चाहन्छ । छनोटको समूह ुबीु मा नेपाल समूहको चौंथो स्थानमा छ । छनोटको सबै अवे खेल खेलिसकेको नेपालले ४ खेलमा ३ अंक जोडेको छ । कुवेत ७ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । अब नेपाललाई आफु अनुकुलको मौसमलाई कुवेतसंग बदला लिने अवसर छ ।

विमल घर्ति मगरसहित चार खेलाडी एन्फाको कारबाहीमा परेको हुँदा टिममा उपलब्ध हुने छैनन् । राष्ट्रिय टिममा रहँदा रातको समयमा नाईट क्लबमा भेटिएको भन्दै एन्फाले विमलसहित मिडफिल्डर अन्जन बिष्ट, सन्तोष तामाङ र डिफेन्डर दिनेश राजवंशीलाई टिमबाट बाहिर राख्दै अनुशासनको कारबाही गर्ने जनाएको छ ।