१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्जेन्टिनालाई हारबाट जोगाए फुटबल स्टार मेस्सीले



अ+ अ-

अर्जेन्टिनालाई फुटबल स्टार लियोनल मेस्सीले हारबाट जोगाएका छन् । सोमबार राति उरुग्वेसंंग भएको अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा अर्जेन्टिनाले २–२ को बराबरी खेलेको हो । हारतर्फ उन्मुख अर्जेन्टिनालाई ईन्जुरी समयमा मेस्सीले पेनाल्टीमा गोल गर्दै जोगाएका हुन् । खेलमा अग्रता ईडिन्सन काभानीको गोलमा उरुग्वेले ३४ औ मिनेटमा लिएको थियो ।

सर्जियो अग्युरोले ६३ औ मिनेटमा बराबरी गोल फर्काएका थिए । लुईस स्वारेजले ६८ औ मिनेटमा गोल गर्दै उरुग्वेलाई पुन अग्रता दिलाएका थिए । तर जिततर्फ उन्मुख उरुग्वेलाई मेस्सीले खेलको अन्तिम समयमा निराश पारिदिए ।

अन्तराष्ट्रिय प्रतिबन्धबाट फर्किएका लियोनल मेस्सीले अर्जेन्टिनामा राम्रो प्रभाव जमाएका छन् ।अघिल्लो खेलमा उनकै गोलमा अर्जेन्टिनाले ब्राजिललाई हराएको थियो ।