१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई News Polar गोदावरी पर्यटन प्रवर्द्धन महोत्सवबाट सङ्कलित रकम बाढीपीडितलाई दिइने News Polar कपिलवस्तुमा क्षमताभन्दा बढी कैदीबन्दी : व्यवस्थापनमा चुनौती News Polar विशिष्ट व्यक्ति पक्राउ गर्ने क्रम नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड News Polar विमानस्थलबाट सुनसहित एक व्यक्ति पक्राउ News Polar नेपथ्यले गरायो कोरियामा बृहद् नेपाली जमघट News Polar मनाङमा बाढी–पहिरोले ठूलो क्षति, १४ जना सम्पर्कविहीन News Polar नारायणीको बाढीले नवलपुरमा ११ सयभन्दा बढी विस्थापित, तत्काल राहत दिन सांसद खनालको माग News Polar सांसद गिरीको आरोप– सरकार गलत बाटोतर्फ अघि बढिरहेको छ News Polar विद्युत महसुलमा लगाइएको भ्याट फिर्ता लिन महासंघको आग्रह News Polar पूर्वप्रधानन्यायाधीश राणाको पक्राउलाई लिएर संसदमा एमालेको आक्रोशः ‘सरकारले राज्य आतङ्क मच्चायो’ News Polar बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता News Polar बिपी राजमार्ग खुलाउने प्रयास जारी News Polar दुलालको प्रश्न– ‘के खाएपछि मध्यरातमा जोश आउँछ र असंवैधानिक काम हुन्छ?’ News Polar एमाले उपनेता अर्यालको मागः ‘विपद्को दीर्घकालीन व्यवस्थापनका लागि राष्ट्रिय गुरुयोजना बनाऊ’ News Polar सरकारको कामकारबाही ‘लुकिछिपी’ शैलीको भयोः सांसद राई News Polar मेलबर्नमा नेवा: गुठीको आयोजनामा इन्द्र जात्रा–येँया पुन्ही सम्पन्न

यातायात व्यवसायी राष्ट्रिय महासंघको निर्वाचनमा कसैलाई समर्थन नगरेको ट्रक महासंघको स्पष्टिकरण

यातायात व्यवसायी राष्ट्रिय महासंघको निर्वाचनमा कसैलाई समर्थन नगरेको ट्रक महासंघको स्पष्टिकरण
अ अ+ अ-

काठमाडाैँ । केही सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम बाँनियाले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको निर्वाचनमा हरिशरण केसीलाई समर्थन गरेको भन्ने समाचार प्रकाशित भएपछि त्यसको खण्डन गरिएको छ।

अध्यक्ष बानियाले एक विज्ञप्ति जारी गर्दै नेपाल ट्रक यातायात व्यवसायी महासंघले आसन्न अधिवेशनमा कुनै पनि उम्मेदवारलाई आधिकारिक समर्थन नगरेको स्पष्ट पारेका छन्। उनले ट्रक महासंघ एक स्वायत्त संस्था भएकाले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको उच्च सम्मान गर्दै तटस्थ भूमिका अपनाएको बताएका छन्।

बाँनियाले सामाजिक सञ्जाल, केही अनलाइन सञ्चार माध्यम तथा विभिन्न पत्रपत्रिकामार्फत प्रसारित भएका समर्थनसम्बन्धी समाचार आधिकारिक नभएको उल्लेख गरेका छन्। “नेपाल ट्रक यातायात व्यवसायी महासंघ स्वायत्त संस्था भएकाले यस संस्थाले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको उच्च सम्मान गर्दछ। आसन्न अधिवेशनमा कुनै पनि उम्मेदवारलाई आधिकारिक समर्थन नगरेको व्यहोरा सबैलाई जानकारी गराइन्छ,” विज्ञप्तिमा उल्लेख छ।

उनले ट्रक महासंघ र यातायात व्यवसायी राष्ट्रिय महासंघ सहोदर संस्थाका रूपमा रहेको उल्लेख गर्दै निर्वाचन प्रक्रियामा संस्थागत रूपमा कसैको पक्ष वा विपक्षमा नलाग्ने बताएका छन्।

पोखरामा जारी नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौं राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयन प्रक्रिया चलिरहेको छ। अध्यक्ष पदका लागि पुण्यप्रसाद सिटौला र हरिशरण केसी बिच प्रतिस्पर्धा भइरहेको छ।