१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई News Polar गोदावरी पर्यटन प्रवर्द्धन महोत्सवबाट सङ्कलित रकम बाढीपीडितलाई दिइने News Polar कपिलवस्तुमा क्षमताभन्दा बढी कैदीबन्दी : व्यवस्थापनमा चुनौती News Polar विशिष्ट व्यक्ति पक्राउ गर्ने क्रम नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड News Polar विमानस्थलबाट सुनसहित एक व्यक्ति पक्राउ News Polar नेपथ्यले गरायो कोरियामा बृहद् नेपाली जमघट News Polar मनाङमा बाढी–पहिरोले ठूलो क्षति, १४ जना सम्पर्कविहीन News Polar नारायणीको बाढीले नवलपुरमा ११ सयभन्दा बढी विस्थापित, तत्काल राहत दिन सांसद खनालको माग News Polar सांसद गिरीको आरोप– सरकार गलत बाटोतर्फ अघि बढिरहेको छ News Polar विद्युत महसुलमा लगाइएको भ्याट फिर्ता लिन महासंघको आग्रह News Polar पूर्वप्रधानन्यायाधीश राणाको पक्राउलाई लिएर संसदमा एमालेको आक्रोशः ‘सरकारले राज्य आतङ्क मच्चायो’ News Polar बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता News Polar बिपी राजमार्ग खुलाउने प्रयास जारी News Polar दुलालको प्रश्न– ‘के खाएपछि मध्यरातमा जोश आउँछ र असंवैधानिक काम हुन्छ?’ News Polar एमाले उपनेता अर्यालको मागः ‘विपद्को दीर्घकालीन व्यवस्थापनका लागि राष्ट्रिय गुरुयोजना बनाऊ’ News Polar सरकारको कामकारबाही ‘लुकिछिपी’ शैलीको भयोः सांसद राई News Polar मेलबर्नमा नेवा: गुठीको आयोजनामा इन्द्र जात्रा–येँया पुन्ही सम्पन्न

आगामी आ.व.को नीति तथा कार्यक्रमः खेलकुदको व्यवसायीकरण र खेलाडीको सामाजिक सुरक्षा प्राथमिकतामा

आगामी आ.व.को नीति तथा कार्यक्रमः खेलकुदको व्यवसायीकरण र खेलाडीको सामाजिक सुरक्षा प्राथमिकतामा
अ अ+ अ-

काठमाडाैँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा खेलकुद क्षेत्रको विकास, व्यवसायीकरण र खेलाडीको वृत्तिविकासलाई उच्च प्राथमिकतामा राखेको छ ।

सोमवार संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुदलाई राष्ट्रिय एकता, स्वास्थ्य, पर्यटन र अर्थतन्त्रको अभिन्न अङ्गका रूपमा विकास गर्ने सरकारको योजना सार्वजनिक गर्नुभएको हो । खेलकुदको जगलाई सुदृढ बनाउन विद्यालय तहदेखि नै खेल प्रतिभा पहिचान कार्यक्रम सञ्चालन गरिने नीति लिइएको छ ।

यसबाट तल्लो तहदेखि नै दक्ष खेलाडी उत्पादनमा सहयोग पुग्ने सरकारको विश्वास छ । खेलकुद क्षेत्रलाई आर्थिक वृद्धिको आधारका रूपमा विकास गर्न यसको व्यवसायीकरणमा जोड दिइनेछ । खेलकुद पूर्वाधारको निर्माण र खेल गतिविधिमा निजी क्षेत्रको लगानी तथा सहभागितालाई प्रोत्साहन गर्ने नीति सरकारले अख्तियार गरेको छ ।

राष्ट्रको गौरव बढाउने खेलाडीहरूको भविष्यलाई सुरक्षित गर्न उनीहरूका लागि सामाजिक सुरक्षा सुनिश्चित गरिने कार्यक्रममा उल्लेख छ । यसले खेलाडीहरूलाई खेल जीवनमा ढुक्क भएर लाग्न थप प्रेरणा प्रदान गर्ने लक्ष्य राखिएको छ । खेलकुदलाई स्वास्थ्य पर्यटन र राष्ट्रिय अर्थतन्त्रसँग जोड्दै नेपाललाई खेल गन्तव्यका रूपमा विकास गर्ने रणनीतिक योजना सरकारले अघि सारेको छ । सरकारले युवा शक्तिलाई खेलकुदका माध्यमबाट राष्ट्र निर्माणमा परिचालन गर्ने र अन्तर्राष्ट्रिय मञ्चमा नेपालको पहिचान सुदृढ बनाउने संकल्प समेत व्यक्त गरेको छ ।