१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी विपत्तिमा ‘अहंकार, निषेध र प्रतिशोध त्याग्न’ योगेश भट्टराईको बालेन सरकारलाई आग्रह हिमानी कोषद्वारा बाढी प्रभावित समुदायलाई खाद्यान्न तथा राहत सामग्री सहयोग त्रिशूली–३ ‘बी’ आयोजनामा उद्धारका लागि नेपाली सेनासहितको प्राविधिक टोली परिचालित बाढीमा बेपत्ता भएका पर्साका दुई जना परिवारको सम्पर्कमा भोटेकोशी बाढीमा मृतकको संख्या ७६८ पुग्यो, चितवनमा मात्रै २६४ शव फेला दुई हप्ताभित्र गल्छी–स्याँफ्रुबेसी सडक खुलाउने तयारी, बाढीले कोल्पुखोला पुल बाङ्गियो भोटेकोशी विपत्तिमा राजनीति नगर्न ओलीको आग्रह, सरकारप्रति भने आक्रोश केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छ : परराष्ट्रमन्त्री खनाल भोटेकोशी विपद् प्रभावितको राहत तथा पुनःस्थापनाका लागि सिद्धार्थ बैंकले दियो रु. २ करोड ५१ लाख विपद् व्यवस्थापनबारे छलफल गर्न रास्वपाको केन्द्रीय समितिको भर्चुअल बैठक बस्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय सभाको अधिवेशन प्रारम्भः जनहित र सुशासनलाई प्राथमिकता दिन अध्यक्ष दाहालको आह्वान



अ+ अ-

काठमाडाैँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले जनहित, सुशासन र समृद्धिका लागि राजनीतिक पूर्वाग्रहभन्दा माथि उठेर जिम्मेवार भुमिका निर्वाह गर्न सदस्यहरूलाई आह्वान गर्नुभएको छ ।

अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सुदृढीकरणका लागि राष्ट्रिय सभाले परिपक्व र अभिभावकीय भुमिका खेल्दै आएको बताउनुभएको हो । उहाँले विगतका चुनौती र प्रतिकूल परिस्थितिका बाबजुद संसदले विधायिकी प्रक्रियालाई निरन्तरता दिएको स्मरण गर्दै नयाँ जनादेश र नयाँ सरकार गठनसँगै संसदीय कामकारबाहीमा थप गति प्राप्त भएको उल्लेख गर्नुभयो ।

अधिवेशनलाई मुख्यतः ‘बजेट अधिवेशन’का रूपमा लिइन्छ । अध्यक्ष दाहालले यस अवधिमा सरकारको नीति तथा कार्यक्रम, विनियोजन विधेयक र बजेटमाथि गहन छलफल हुने जानकारी दिनुभयो । साथै, संघीय निजामती सेवा विधेयक, विद्यालय शिक्षा विधेयक र नेपाल प्रहरीसम्बन्धी विधेयकलगायतका मत्वपूर्ण कानुनहरूलाई प्राथमिकताका साथ पारित गर्ने जिम्मेवारी संसदको काँधमा रहेको उहाँले बताउनु भयो ।

संसदलाई थप प्रविधिमैत्री र समावेशी बनाउने प्रयास स्वरूप यसै अधिवेशनदेखि राष्ट्रिय सभाको बैठकको प्रत्यक्ष प्रसारणमा ‘सांकेतिक भाषा’को प्रयोग शुरु गरिएको उहाँले घोषणा गर्नुभयो । यसका साथै, निर्माणाधीन संसद भवन छिट्टै सम्पन्न हुने र आधुनिक प्रविधिसहित नयाँ भवनबाट सभा सञ्चालन भई कार्यक्षमतामा वृद्धि हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।