११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह News Polar पोखराको रामघाटमा वर्षेनी डुबानको समस्याः प्राकृतिक सुन्दरताभित्र लुकेको जोखिम (तस्बिरहरु) News Polar रसुवा बाढीपीडितको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर–देखियो मानसिक र भावनात्मक असर News Polar आजदेखि सोह्रश्राद्ध सुरु, गोकर्णेश्वरसहित तीर्थस्थलमा श्रद्धालुको भीड News Polar राहुगंगा जलविद्युत् आयोजनामा बाढीले संरचना र प्रसारण लाइनमा क्षति News Polar गण्डकीमा बाढीपहिरोको वितण्डा, पुल बग्यो, मुख्य सडक अवरुद्ध News Polar नाम्सी खोलामा पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक अवरुद्ध News Polar प्रवासी नेपालीद्वारा दुई लाख २६ हजार अमेरिकी डलर प्रदान News Polar पाल्पामा पहिरोले घर पुरिँदा वृद्धको मृत्यु News Polar सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढ्यो News Polar क्यानडामा हेलिकोप्टर दुर्घटना, चार जनाको मृत्यु News Polar जबराको पक्राउप्रति एमाले महासचिव पोखरेलको आपत्ति, भने– ‘विधिको शासनको मर्मविपरीत’ News Polar मनाङमा पहिरोले ३३ केभी विद्युत् लाइन अवरुद्ध News Polar नारायणीसहित विभिन्न नदीमा बाढीको उच्च जोखिम, सतर्क रहन आग्रह

उत्तर–पश्चिम पाकिस्तानमा आत्मघाती आक्रमण, १५ प्रहरीको मृत्यु

उत्तर–पश्चिम पाकिस्तानमा आत्मघाती आक्रमण, १५ प्रहरीको मृत्यु
अ अ+ अ-

काठमाडौँ। पाकिस्तानको उत्तर–पश्चिमी प्रान्त खैबर पख्तुनख्वामा शनिवार राति भएको एक भीषण आत्मघाती बम आक्रमणमा परी कम्तीमा १५ प्रहरीको मृत्यु भएको छ ।

सुरक्षा निकायको एक प्रतिष्ठानलाई लक्षित गरी गरिएको उक्त आक्रमणमा अन्य कैयौँ सुरक्षाकर्मी घाइते भएका छन् । आधिकारिक स्रोतकाअनुसार प्रान्तको बन्नु जिल्लामा विस्फोटक पदार्थले भरिएको एक सवारी साधनलाई सुरक्षा प्रतिष्ठानमा ठोक्काएर विष्फोट गराइएको थियो ।

स्थानीय समयअनुसार शनिबार राति ८ः५५ बजे भएको उक्त विष्फोटबाट भौतिक संरचनामा ठूलो क्षति पुगेको छ । सुरक्षा स्रोतलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएअनुसार, सवारी साधनमार्फत गरिएको विष्फोटलगत्तै क्वाडकोप्टर ड्रोनको प्रयोग र हतियारधारी समूहले स्थलगत आक्रमण समेत गरेका थिए ।

विष्फोटका कारण ध्वस्त भएको संरचनाको भग्नावशेषमा अन्य शवहरू पुरिएको हुनसक्ने आशंकामा भारी मेसिनरी प्रयोग गरी उद्धार तथा खोजी कार्य जारी राखिएको छ। बम डिस्पोजल टोलीको प्रारम्भिक अनुमानअनुसार उक्त आक्रमणमा १ हजार २ सयदेखि १ हजार ५ सय किलोसम्म विस्फोटक पदार्थ प्रयोग गरिएको थियो ।

उक्त आक्रमणको जिम्मेवारी ‘इत्तेहाद–उल–मुजाहिद्दीन पाकिस्तान’ (आईएमपी) नामक सशस्त्र समूहले सामाजिक सञ्जालमार्फत लिएको छ । अफगानिस्तानसँग सीमा जोडिएको पाकिस्तानको उत्तर–पश्चिमी क्षेत्रमा पछिल्ला महिनाहरूमा सुरक्षाकर्मी र कानून कार्यान्वयन गर्ने निकायहरूलाई लक्षित गरी हुने आक्रमणका घटनामा उल्लेख्य वृद्धि भएको छ । सिन्ह्वा/ न्युज एजेन्सी नेपाल