११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह News Polar पोखराको रामघाटमा वर्षेनी डुबानको समस्याः प्राकृतिक सुन्दरताभित्र लुकेको जोखिम (तस्बिरहरु) News Polar रसुवा बाढीपीडितको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर–देखियो मानसिक र भावनात्मक असर News Polar आजदेखि सोह्रश्राद्ध सुरु, गोकर्णेश्वरसहित तीर्थस्थलमा श्रद्धालुको भीड News Polar राहुगंगा जलविद्युत् आयोजनामा बाढीले संरचना र प्रसारण लाइनमा क्षति News Polar गण्डकीमा बाढीपहिरोको वितण्डा, पुल बग्यो, मुख्य सडक अवरुद्ध News Polar नाम्सी खोलामा पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक अवरुद्ध News Polar प्रवासी नेपालीद्वारा दुई लाख २६ हजार अमेरिकी डलर प्रदान News Polar पाल्पामा पहिरोले घर पुरिँदा वृद्धको मृत्यु News Polar सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढ्यो News Polar क्यानडामा हेलिकोप्टर दुर्घटना, चार जनाको मृत्यु News Polar जबराको पक्राउप्रति एमाले महासचिव पोखरेलको आपत्ति, भने– ‘विधिको शासनको मर्मविपरीत’ News Polar मनाङमा पहिरोले ३३ केभी विद्युत् लाइन अवरुद्ध News Polar नारायणीसहित विभिन्न नदीमा बाढीको उच्च जोखिम, सतर्क रहन आग्रह News Polar पाल्पा पहिरोमा दुईको मृत्यु, तीन जना बेपत्ता News Polar बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु News Polar मध्यरातमा चोलेन्द्रमाथि देखिएको सुरक्षा ‘थ्रेट’ News Polar सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो, सडक आंशिक रूपमा सञ्चालनमा

विद्यालयमा आधुनिक ‘इलर्निङ सेन्टर’ स्थापना

विद्यालयमा आधुनिक ‘इलर्निङ सेन्टर’ स्थापना
अ अ+ अ-

भोजपुर। भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ लेखर्कस्थित सिंहदेवी माध्यमिक विद्यालयमा आधुनिक इलर्निङ सेन्टर स्थापना गरिएको छ ।

ग्रामीण क्षेत्रमा अध्ययनरत विद्यार्थीलाई समयसापेक्ष, गुणस्तरीय तथा प्रविधिमैत्री शिक्षण प्रणालीसँग जोड्ने उद्देश्यका साथ ईश्वर मन्दिर काठमाडौँको पहलमा उक्त सेन्टर स्थापना गरिएको हो ।

डिजिटल युगको आवश्यकताअनुसार शिक्षण प्रणालीलाई रुपान्तरण गर्ने लक्ष्यका साथ सञ्चालन गरिएको यस अभियानअन्तर्गत विद्यालयलाई २० थान डेस्कटप कम्प्युटर, एक थान स्मार्ट टिभी तथा आवश्यक सामग्री प्रदान गरिएको छ । यससँगै विद्यालयमा औपचारिक रूपमा इलर्निङ सेन्टर सञ्चालनमा ल्याइएको हो ।

ईश्वर मन्दिर काठमाडौँ अभियानका महासचिव सङ्केत कोइरालाले ग्रामीण क्षेत्रका विद्यार्थीलाई आधुनिक प्रविधिसँग जोड्न अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो । “शिक्षामा प्रविधिको प्रयोगले सिकाइ प्रक्रियालाई अझ प्रभावकारी, सहज र रोचक बनाउँछ”, उहाँले भन्नुभयो, “हामीले भोजपुरका विभिन्न दुर्गम क्षेत्रका विद्यालयहरूमा यस्ता कार्यक्रम विस्तार गर्दै लैजाने लक्ष्य लिएका छौँ ।”

विद्यालयका प्रधानाध्यापक राजधन राईले इलर्निङ सेन्टर स्थापनाले विद्यालयको समग्र शैक्षिक वातावरणमा गुणात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार अब विद्यार्थीले डिजिटल माध्यमबाट पाठ्यवस्तु बुझ्न, अनुसन्धान गर्न तथा व्यावहारिक ज्ञान हासिल गर्न थप सहज हुनेछ ।

“यो सेन्टरले विद्यार्थीको सिर्जनशीलता र सिकाइ क्षमतामा उल्लेखनीय सुधार ल्याउनेछ, अब हामी कक्षाकोठामा मात्रै सीमित नभई प्रविधिमार्फत विश्वसँग प्रतिस्पर्धा गर्ने वातावरण तयार गर्नेछौँ”, उहाँले भन्नुभयो ।

टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतले सामुदायिक विद्यालयमा यस्ता प्रविधिमैत्री पूर्वाधार विकास हुनु सकारात्मक र प्रेरणादायी कदम भएको बताउनुभयो ।

उहाँले गाउँपालिकाले पनि शिक्षा क्षेत्रमा सुधार ल्याउन योजनाबद्ध रूपमा काम गरिरहेको उल्लेख गर्नुभयो । “शिक्षा समाज परिवर्तनको मूल आधार हो, हामीले विद्यालयको भौतिक पूर्वाधार विकाससँगै आधुनिक शिक्षण प्रणालीमा पनि लगानी बढाइरहेका छौँ । यस्ता सहकार्यले हाम्रो अभियानलाई थप बल पुगेको छ”, अध्यक्ष बस्नेतले भन्नुभयो । रासस