२ भाद्र २०८३, मंगलवार
,
Latest
बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

विज्नाल्डमको ह्याट्रिकमा नेदरल्यान्ड्सको जित



अ+ अ-

युरोकप छनोट अन्तर्गत समूह चरणको खेलमा नेदरल्यान्ड्सले फराकिलो जित निकालेको छ । छनोट अन्तर्गत मंगलबार राति इस्टोनियालाई ५–० गोल अन्तरले नेदरल्यान्ड्सले पराजित गरेको हो । घरेलु मैदानमा नेदरल्यान्ड्सलाई जित दिलाउन जर्जिनियो विज्नाल्डमले ह्याट्रिक गरेका थिए भने नाथन एन्के र म्यरोन बोअडुले एक एक गोल गरेका थिए ।

डेब्यु खेलाडी बोअडु नेदरल्यान्ड्सका लागि सर्वाधिक कम उमेरमा गोल गर्ने खेलाडी समेत चुनिए । उनले १८ वर्ष ३ सय ९ दिनको हुँदा गोल गरेका हुन् । जितसँगै नेदरल्यान्ड्सले समूह ‘सी’ मा ८ खेलमा १९ अंक जोडेको छ ।

नेदरल्यान्ड्स समूह दोस्रो स्थानमा छ । नेदरल्यान्ड्स यस अघि नै युरोकपमा छनोट भईसकेको छ । समूहको पुछारमा रहेको इस्टोनियाको १ अंक रहेको छ ।