१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गन्ब्रीको ह्याट्रिकमा जर्मनीको जित



अ+ अ-

युरोकप छनोटमा जर्मनीले शानदार जित आत्मसाथ गरेको छ । मंगलबार राति भएको खेलमा नर्दन आयरल्याण्डलाई ६–१ गोल अन्तरले जर्मनीले हराएको हो । सुरुवाती अग्रता लिएपनि नर्दन आयरल्याण्डले अन्ततः जर्मनीसंग ठुलो अन्तरको हार ब्यहोर्न बाध्य भयो । सर्ज गन्ब्रीले ह्याट्रिक गरेको खेलमा लियोन गोरेत्र्जकाले दुई तथा जुनियर ब्रान्टले एक गोल गरे ।

खेलमा अग्रता सातौ मिनेटमा माइकल स्मिथको गोलबाट नर्दन आयरल्याण्डले लिएको थियो ।समूह सीमा जर्मनीले शीर्ष स्थानमा रहँदै छनोट प्रतियोगिताको अन्त्य गर्यो । जर्मनी ८ खेलबाट २१ अंक सहित युरोकपमा छनोट भईसकेको छ ।

तेस्रो स्थानको नर्दन आयरल्याण्डको १३ अंक रह्यो । उसको अब प्लेअफको सम्भावना बाँकी रह्यो । आयरल्याण्डका प्रशिक्षक ओनिल १० दिन अघिमात्र स्टक सिटीको प्रशिक्षक बनेका थिए ।प्लेअफमा टिमको नेतृत्व गर्ने सहमती सहित उनी प्रिमियर लिग क्लबमा आबद्व भएका थिए ।