२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सगरमाथामा ६ दिन हराएर उद्धार गरिएका हिलारी दावा शेर्पा उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना सरकारको ऊर्जा लक्ष्य बजेटले पूरा गर्न सक्दैनः दुलाल राप्रपाका १८३ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा गरे पार्टी परित्याग कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ
तपाईं के खोज्दै हुनुहुन्छ ?

गण्डकी प्रदेशस्तरीय भलिबलमा पुरुषतर्फ तनहुँ र पर्वत तथा महिलातर्फ कास्की र म्याग्दी फाइनलमा



अ+ अ-

काठमाडाैँ । खेलकुद विकास समिति तनहुँको आयोजनामा दमौलीमा जारी गण्डकी प्रदेशस्तरीय महिला पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ तनहुँ र पर्वत फाइनल प्रवेश गरेका छन् । यस्तै महिलातर्फ कास्की र म्याग्दी फाइनल प्रवेश गरेका छन् । व्यास नगरपालिका–३ खुल्लामैदानमा आज बिहान भएको पहिलो सेमिफाइनलमा गोरखालाई हराउँदै पर्वत फाइनल प्रवेश गरेका हो ।

पर्वतले गोरखालाई ३-० को सोझो सेटमा पराजित गरेको हो । यस्तै दोस्रो सेमिफाइनलमा नवलपुरलाई पराजित गर्दै तनहुँ जिल्लाले फाइनलको यात्रा तय गरेको छ । तनहुँले नवलपुरलाई ३–१ सेटले पराजित गरेको छ । महिलातर्फको सेमिफाइनल खेलमा तनहुँलाई हराउँदै कास्की जिल्ला फाइनल प्रवेश गरेको छ । यस्तै दोस्रो सेमिफाइनल खेलमा पर्वतलाई हराउँदै म्याग्दी जिल्ला फाइनल प्रवेश गरेको छ ।

तेस्रो स्थानका लागि पुरुषतर्फ गोरखा र नवलपुरबीच तथा महिलातर्फ तेस्रो स्थानका लागि पर्वत र तनहुँबीच खेल हुनेछ । फाइनल खेल आज दिउँसो ३ बजे हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष अनिल पाण्डेले जानकारी दिए। दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकी प्रदेशको भलिबल टिम छनोटका लागि यहाँ प्रदेशस्तरीय महिला पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको हो ।

छनोट खेल भएकाले प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु ३० हजार, रु २० हजार र रु १५ हजार नगद प्रदान गरिनेछ । प्रतियोगितामा पुरुषतर्फ मनाङ बाहेक १० जिल्ला र महिलातर्फ ११ वटै जिल्लाको सहभागिता रहेको छ ।