१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रियल मड्रिडविरुद्व मैदानमा उत्रन तयार छु: नेयमार



अ+ अ-

ब्राजिली स्टार नेयमारले आफु पुर्ण रुपमा फिट रहेको बताएका छन् । अर्को हप्ता च्याम्पियन्स लिगमा रियल मड्रिडविरुद्व आफु मैदान उत्रन तयार रहेको उनले बताएका हुन् । पीएसजीका फरवार्ड नेयमार पछिल्लो समय चोटका कारण मैदान बाहिर छन् । अन्तराष्ट्रिय विश्रामको दौरान ब्राजिलबाट मैत्रीपूर्ण खेलहरु पनि उनले गुमाएका थिए ।

नेयमारको टिम पीएसजी अर्को हप्ता मंगलबार रियल मड्रिडको भ्रमण गर्दैछ । उनले आफ्नो बारेमा स्पष्ट पार्दै स्याटियागो वर्नवेउमा आफुले खेल्न पाउने विश्वास ब्यक्त गरेका छन् । मड्रिडमा भेटिएका नेयमारले भनेका छन्, ‘मैले पुर्ण रुपमा निको भएको महशुश गरेको छु ।

र च्याम्पियन्स लिगमा रियल मड्रिड खेल्नेछु ।’ रियलविरुद्व उत्रनु अघि नेयमार शुक्रबार लिग वानमा लिलीविरुद्व देखिन सक्नेछन् ।