१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफगानिस्तानलाई पछि पार्दै इमर्जिङ टिम्स कपको फाइनलमा बंगलादेश



अ+ अ-

ढाका। सौम्य सरकारले अलराउन्ड प्रर्दशन गरेपछि घरेलु टोली बंगलादेश एसीसी इमर्जिङ टिम्स कपको फाइनलमा प्रवेश गरेको छ । शेरे बंगला नेसनल स्टेडियम मिरपुर ढाकामा बिहीबार भएको दोस्रो सेमिफाइनलमा घरेलु टोली बंगलादेशले अफगानिस्तानलाई ७ विकेटले हराउँदै फाइनलमा पाकिस्तानसँगको भेट पक्का गरेको हो । पहिलो सेमिफाइनलमा भारतलाई ३ रनले हराउँदै पाकिस्तान फाइनलमा पुगिसकेको छ । बंगलादेश र पाकिस्तानबीचको फाइनल शनिबार हुनेछ ।

अफगानिस्तानले दिएको २ सय २९ रनको लक्ष्य बंगलादेशले ३९ ओभर ५ बलमा ३ विकेटको क्षतिमा पूरा ग¥यो । ओपनर सौम्य सरकारले ६१ रनको योगदान दिए । त्यस्तै, कप्तान नज्मुल सान्तोले ५९ रन जोड्दा मोहम्मद नइम १७ रनमा आउट भए । अफिफ हुसेन ४५ तथा यासिर अली चौधरी ३८ रनमा अविजित रहे । अफगानिस्तानका अब्दुल नुरीले २ विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङ थालेको अफगानिस्तानले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय २८ रन बनाएको थियो ।

अफगानिस्तानका अब्दुल रसुलले १ सय १४ रनको शतकीय इनिङ खेले पनि टोलीको हार टार्न सकेनन् । खराब सुरुवात गरेको अफगानिस्तानलाई सातौं विकेटका लागि अब्दुल र तारिक स्टानिकजईले ८६ रनको साझेदारी गर्दै प्रतिस्पर्धात्मक योगफलसम्म पुर्याएका थिए । तल्लोक्रमका सइद वहिदुल्ला सफाक ३४ र तारिक स्टानिकजईले ३३ रनको योगदान दिए ।

बंगलादेशका सौम्य सरकारले १० ओभरमा १ मेडनसहित ५८ रन खर्चेर ३ विकेट लिए । मोहम्मद हसन ३ र तनवीर सिंहले २ विकेट लिए । समूह ‘बी’मा रहेको नेपाल भारत र बंगलादेशसँग पराजित हुँदै समूह चरणबाटै बाहिरिएको थियो । राजधानी दैनिकबाट