एट्लेटिको मड्रिडका स्टार डिएगो कोस्टा तीन महिना मैदान बाहिर रहने भएका छन् । नाकको सल्यक्रियाका कारण कोस्टा तीन मैदान बाहिर रहने भएको हो । उनलाई पुर्ण रुपमा निको हुन करिब तीन महिना लाग्ने बताईएको छ । शल्यक्रियाका कारण उनले च्याम्पियन्स लिगको युभेन्ट्सविरुद्वको खेल गुमाउने र साथै लिगको बार्सिलोनाविरुद्वको खेलमा समेत उनी नरहने भएका हुन् ।
साथै उनले स्पेनिस सुपरकपको सेमिफाईनलमा बार्सिलोनाविरुद्वको खेल समेत गुमाउने भएका छन् । फेब्रुअरीमा हुने रियल मड्रिडविरुद्वको खेलमा भने उनी फर्कन सक्ने सम्भावना रहेको बताईएको छ ।
पछिल्लो समय कोस्टाले चीन र कतारका धनी क्लबमा आँखा लगाईरहेका छन् । सन् २०१४ मा एट्लेटिकोलाई उपाधि जिताएका उनले सिजनमा २७ गोल गरेका थिए । लगत्तै उनी ३२ मिलियन पाउण्डमा चेल्सी गएका थिए ।