१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar प्रधानमन्त्री शाहद्वारा अष्ट्रेलियाको सहयोगप्रति कृतज्ञता व्यक्त News Polar राईको सरकारलाई प्रश्न–‘सुशासन नारामै सीमित, जनताका मुद्दामा परिणाम खोइ?’ News Polar दूध ट्याङ्कर दुर्घटनाः सहचालकको मृत्यु News Polar कृषिको व्यावसायिकताका माध्यमबाट समृद्धिको लक्ष्यमा मकवानपुरको बकैया News Polar  प्रधानमन्त्रीज्यू, संसद् तपाईंको अनुकूलतामा चल्ने संस्था होइन News Polar धानखेती भरपर्दो नहुँदा किसान अन्योलमा News Polar प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेट News Polar गल्छी–बेत्रावती सडकको ट्रयाक खुल्यो, बेलिब्रिज जडानको तयारी News Polar दूरसञ्चार सेवाको गुणस्तर सुधार्न मन्त्री तिमिल्सिनाको निर्देशन News Polar कांग्रेस नेता आङदेम्बेको टिप्पणी : ‘बलियो जनमत पाए पनि सरकारको शासन सञ्चालन कमजोर’ News Polar काँग्रेस विरोधी गतिविधिमा लाग्नेलाई अनुशासन समितिले कारबाही गर्ने News Polar २० वर्षदेखि थन्किएका संक्रमणकालीन न्यायका फाइल तत्काल अघि बढाउन सांसद बास्कोटाको माग News Polar नियुक्ति प्रक्रियामा ढिलाइ र निमित्तको निरन्तरतामाथि एमाले सांसद सिद्धिकीको प्रश्न News Polar सुनचाँदीको मूल्य बिहीबार पनि स्थिर News Polar सङ्घीय संसद्‌का दुवै सदनको चालु अधिवेशन असोज १६ गते मध्यरातिदेखि अन्त्य News Polar महाधिवेशन निर्वाचनपछि पार्टीविरोधी गतिविधि गर्नेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी News Polar नेपाली रुपैयाँका लागि छुट्टै मुद्रा चिह्न बनाउन विपिन आचार्यको माग News Polar सङ्घीय निजामती सेवा विधेयक संसद्‌मा दर्ता News Polar संघीय निजामती सेवा विधेयक संसद्मा, प्रशासन सुधारको बलियो आधार बन्ने मन्त्रीको विश्वास News Polar सभामुखले बोल्न समय दिएपछि सांसद राईको छोटो जवाफ– ‘कुरा त्यही हो हजुर’

‘सिआरसी प्रतिवेदन अघि बढाउन मन्त्रालय प्रतिबद्ध छ’

‘सिआरसी प्रतिवेदन अघि बढाउन मन्त्रालय प्रतिबद्ध छ’
अ अ+ अ-

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता वादीले बाल अधिकारसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धि सिआरसी (कन्भेन्सन अन दि राइट्स टु चाइल्ड) प्रतिवेदन तयार गर्ने प्रक्रियालाई प्रभावकारी रूपमा अघिबढाउन मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभएको छ ।

मन्त्रालयले यहाँ आज आयोजना गरेको बाल अधिकारसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धि (सिआरसी) को प्रतिवेदन प्रक्रियाबारे अभिमुखीकरण कार्यक्रममा मन्त्री वादीले बाल अधिकारको संरक्षण, प्रवर्द्धन र सिआरसी प्रतिवेदन प्रक्रियालाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले लैङ्गिक हिंसा मुक्त समाज निर्माणका लागि आ–आफ्नोतर्फबाट योगदान गर्न सबै व्यक्ति, परिवार, समुदाय, सरकारी निकाय, निजी क्षेत्र, सञ्चारमाध्यम तथा सरोकारवाला सङ्घ/संस्था र निकायमा अनुरोध पनि गर्नुभयो । कार्यक्रममा सिआरसीको अवधारणा, नेपालका प्रतिबद्धता, प्रतिवेदन प्रक्रिया, बाल अधिकारका प्रमुख क्षेत्रहरू तथा आगामी कार्ययोजनाबारे छलफल गरिएको थियो ।

मन्त्रालयले बालबालिकासम्बन्धी ऐन, २०७५ संशोधन गर्न सर्वसाधारणको राय पनि मागेको छ ।

त्यसैगरी मन्त्रालयले महिला तथा किशोरीहरूलाई लैङ्गिक हिंसा भएमा वा घटनाको जानकारी पाएमा ११४५ निःशुल्क हेल्पलाइन सेवा वा अस्पतालमा अवस्थित एकद्वार सङ्कट व्यवस्थापन केन्द्र वा नेपाल प्रहरीको टेलिफोन नं १०० वा बाल हेल्पलाइन सेवा १०९८ वा मन्त्रालयको इमेल, मोबाइलमा सम्पर्क गरी तत्कालै जानकारी गराउन पनि अनुरोध गरेको छ ।