२ भाद्र २०८३, मंगलवार
,
Latest
बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

१३ औं साग प्रधानमन्त्रीको सम्बोधनसंगै राष्ट्रपतिबाट उद्घाटन हुने



अ+ अ-

काठमाडौं । नेपालमा हुन गईरहेको दक्षिण एसियाली खेलकुदको महाकुम्भ १३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को उद्घाटन राष्ट्रपतिले गर्ने तय भएको छ । यसअघि राष्ट्रप्रमुखबाट सागको उद्घाटन हुदै आएको थियो । नेपालमा तेस्रो पटक आयोजना हुन लागेको साग मंसिर १५ गतेबाट काठमाडौं, पोखरा र जनकपुरमा हुदैछ ।

मंसिर १५ गते काठमाडौंको दशरथ रंगशालामा एक भब्य कार्यक्रमका बीच सागको औपचारिक उद्घाटन हुने तालिका तय रहेको छ । नेपालमा यसअघि सन् १९८४ र १९९९ मा तत्कालिन राजा बिरेन्द्र विर बिक्रम शाहले उद्घाटनको उद्घाटनमा साग आयोजना भएको थियो ।

त्यसैले तेस्रो पटक नेपालमा आयोजना हुन लागेको सागलाई समेत राष्ट्रप्रमुखबाट उद्घाटन गराउने तय भएको हो । यस्तै, सागको उद्घाटन अघि सरकार प्रमुख प्रधानमन्त्री केपी ओलीले आगामी मंगलबार साग खेलकुदको नाममा बिशेष सम्बोधन गर्ने तय भएको छ ।

खेलाडीको मनोबल बढाउन र साग खेलकुदको आयोजनामा सबैको सहभागीताका लागि प्रधानमन्त्रीले सम्बोधन गर्न लागेका हुन् । सागका लागि तयार पारिएका भौतिक पुर्वाधारका साथै दशरथ रंगशालाको निरिक्षण गर्ने पनि सोही दिन उनले गर्ने मन्त्रालय स्रोतले जानकारी दिएको छ ।