२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सगरमाथामा ६ दिन हराएर उद्धार गरिएका हिलारी दावा शेर्पा उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना सरकारको ऊर्जा लक्ष्य बजेटले पूरा गर्न सक्दैनः दुलाल राप्रपाका १८३ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा गरे पार्टी परित्याग कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप लिग २: ओमानमाथि नेपालको जित



अ+ अ-

काठमाडौं । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा नेपालले ओमानमाथि जित हासिल गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले ओमानमाथि ८१ रनको जित हासिल गरेको हो । जितका लागि २५७ रनको लक्ष्य पछ्याएको ओमान ३९.५ ओभरमा १७५ रनमै ‘अलआउट’ भयो ।

ओमानका कप्तान जतिन्दर लागि १२ रन बनाएर सुरुआत गरेका थिए । त्यस्तै, हस्नैन उल वहाबले २९ रन जोडे । मध्यक्रममा हम्माद मिर्जाले ३४ रन बनाउँदै सङ्घर्ष गरे भने विनायक शुक्लाले ३६ रन जोड्दै टोलीलाई सम्हाल्ने प्रयास गरे । तर अन्य ब्याट्सम्यानहरू निरन्तर आउट हुँदा ठूलो साझेदारी बन्न सकेन ।

आर्यन बिष्टले ६ रन, जितेन रमणान्दीले ३ रन तथा वसीम अलीले १० रन मात्र बनाउन सके । अन्त्यतिर हस्नैन शाहले १४ रन र नदीम खानले १२ रन बनाए । नेपालका लागि गुल्सन झाले पाँच विकेट लिए । त्यस्तै सन्दीप लामिछाने, करण केसी, दीपेन्द्र सिंह ऐरी र नन्दन यादवले समान एक–एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९.५ ओभरमा सबै विकेट गुमाउँदै २५६ रन बनाएको थियो । इनिङ्सको सुरुआतमै विनोद भण्डारी शून्यमै आउट भएपछि नेपाल दबाबमा परेको थियो । तर त्यसपछि आसिफ शेख र अर्जुन कुमालले दोस्रो विकेटका लागि महत्त्वपूर्ण साझेदारी गर्दै टोलीलाई सम्हाले ।

आसिफ शेख उत्कृष्ट ब्याटिङ गर्दै ९४ रन बनाए । उनले सात चौका र पाँच छक्का प्रहार गरे । त्यस्तै अर्जुन कुमालले ४८ रनको योगदान दिए भने मध्यक्रममा दीपेन्द्र सिंह ऐरीले ३३ रन जोडे ।

अन्तिमतिर आरिफ शेखले आक्रामक ब्याटिङ गर्दै २४ बलमा ४३ रन बनाएपछि नेपालले सम्मानजनक स्कोर पुर्‍यायो । ओमानका लागि नदीम खानले तीन विकेट लिए भने शकिल अहमद र हस्नैन शाहले समान दुई–दुई विकेट लिए ।रासस