२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्लबमा इब्राहिमोबिच आउनुको कुनै अर्थ छैन, मौका दिँदिन: मोरिन्होले



अ+ अ-

इन्ग्लिश क्लब टोटेनहमका मुख्य प्रशिक्षक जोसे मोरैन्होले स्वीडेनमा भेट्रान फरवार्ड ज्लाटन इब्राहिमोबिचलाई क्लब ल्याउने कुनै योजना नरहेको बताएका छन् । क्लब विहिन रहदा र मोरिन्होसँगको सम्बन्ध निकै राम्रो रहेको कारण ज्लाटन इन्ग्लिश क्लब फर्कने अड्कल काटिदै आएको छ । तर हालसम्मका लागि भने अमेरिकी क्लब एलए ग्यालेक्सीसँगको सम्झौता सकिएसँगै ज्लाटन अहिले क्लब विहिन रहेका छन् ।

मोरिन्होले क्लबमा ह्यारी केन जस्ता उत्कृष्ट स्ट्राइकर आफुहरुसंग रहेको कारण ज्लाटन अनुबन्ध गर्नु कुनै अर्थ नहुने बताएका हुन् । ‘क्लबमा ज्लाटन आउनुको कुनै अर्थ रहदैन् । हामीसँग केन छ । तर उसले विश्वको कुनै पनि क्लबमा खेल्न सक्छ । उ अनौठो खेलाडी हुन् । अनौठो व्यक्ति हुन् । तर, म मौका दिँदिन,’ मोरिन्होले भने ।

ज्लाटनले मोरिन्होसँग इटालियन क्लब इन्टर मिलान र इन्ग्लिश क्लब म्यानचेस्टर युनाइटेडमा खेलिसकेका छन् । ज्लाटनले मोरन्होको नेतृत्वमा युनाइटेडबाट युरोपा लिग र ईएफएल कप जितेका थिए ।