१३ आश्विन २०८१, आईतवार
,
Latest
झ्याप्ले खोलामा पहिरो हटाइयो, ४८ घण्टापछि सडक दुईतर्फी खुल्यो बाढीपहिरो र डुबानमा परी देशभर एक सय ७० जनाको मृत्यु, ४२ जना अझै बेपत्ता सिधा कुरा प्रकरण: अदालतले मानहानी गरेको ठहर पछि प्रकाशक र सम्पादक जेल चलान बिपत्तिमा पनि उडान सुचारु गरेर यात्रुलाई सहज यात्राको अवसर दिऔ: चाइना साउदर्न सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सागका स्वयंसेवकलाई शारीरिक तालीम



अ+ अ-

चिप्लेढुङ्गा । तेह्रौँँ दक्षिण एशियाली खेलकूद प्रतियोेगिता (साग) का लागि २३० स्वयंसेवक लाई शारीरिक तालीम दिइएको छ । खेल अवधिभर पोखराको साग खेलकूदमा पहिलो चरणमा १८० स्वयंसेवक परिचालन गर्न लागिएको प्रशिक्षक दीपक गोदारले जानकारी दिनुभयो ।

तालीमपछि योग्यलाई स्वयंसेवकका रुपमा खटाइनेछ । स्वयंसेवा गर्न इच्छुक सबैलाई नै तालीम दिइएको स्थानीय व्यवस्थापन तथा सहजीकरण समितिले जनाएको छ ।
“हामीले सागलाई व्यवस्थित गराउनको लागि स्वयंसेवकलाई शारीरिक रुपमा बलियो राख्नका साथै खेलाडी, अतिथि तथा दर्शकसँग कसरी समन्वय गराउने भन्ने विषयमा सुसूचित गराउँदै तालिम दिएका छौँ ।” गोदारले भन्नुभयो ।
सागअन्तर्गत पोखरामा आठ खेलका लागि ८४० खेलाडी र अफिसियल पोखरा आउँदैछन् । सागको हरेक खेलमा २०–२० जना स्वयंसेवक खटाइने गोदारले बताउनुभयो ।
तेह्रौैँ सागमा आउने विदेशी खेलाडी तथा विशिष्ट पाहुनाको लागि ५० सम्पर्क अधिकारी ९लियाजन० समेत खटाइने छ । पोखरा आउने खेलाडी तथा विशिष्ट अतिथिको सहजताको लागि सम्पर्क अधिकारी राखिने भएको हो ।
विभिन्न विश्वविद्यालयमा अध्यनरत विद्यार्थीलाई उनीहरुको काम, कर्तव्य र अधिकारबारे समेत प्रशिक्षण दिएर तयारी अवस्थामा राखिएको लियाजन कमिटीका संयोजक जगन गुरुङले बताउनुभयो ।