३ भाद्र २०८३, बुधबार
,
Latest
नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच कर्जासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

सागका स्वयंसेवकलाई शारीरिक तालीम



अ+ अ-

चिप्लेढुङ्गा । तेह्रौँँ दक्षिण एशियाली खेलकूद प्रतियोेगिता (साग) का लागि २३० स्वयंसेवक लाई शारीरिक तालीम दिइएको छ । खेल अवधिभर पोखराको साग खेलकूदमा पहिलो चरणमा १८० स्वयंसेवक परिचालन गर्न लागिएको प्रशिक्षक दीपक गोदारले जानकारी दिनुभयो ।

तालीमपछि योग्यलाई स्वयंसेवकका रुपमा खटाइनेछ । स्वयंसेवा गर्न इच्छुक सबैलाई नै तालीम दिइएको स्थानीय व्यवस्थापन तथा सहजीकरण समितिले जनाएको छ ।
“हामीले सागलाई व्यवस्थित गराउनको लागि स्वयंसेवकलाई शारीरिक रुपमा बलियो राख्नका साथै खेलाडी, अतिथि तथा दर्शकसँग कसरी समन्वय गराउने भन्ने विषयमा सुसूचित गराउँदै तालिम दिएका छौँ ।” गोदारले भन्नुभयो ।
सागअन्तर्गत पोखरामा आठ खेलका लागि ८४० खेलाडी र अफिसियल पोखरा आउँदैछन् । सागको हरेक खेलमा २०–२० जना स्वयंसेवक खटाइने गोदारले बताउनुभयो ।
तेह्रौैँ सागमा आउने विदेशी खेलाडी तथा विशिष्ट पाहुनाको लागि ५० सम्पर्क अधिकारी ९लियाजन० समेत खटाइने छ । पोखरा आउने खेलाडी तथा विशिष्ट अतिथिको सहजताको लागि सम्पर्क अधिकारी राखिने भएको हो ।
विभिन्न विश्वविद्यालयमा अध्यनरत विद्यार्थीलाई उनीहरुको काम, कर्तव्य र अधिकारबारे समेत प्रशिक्षण दिएर तयारी अवस्थामा राखिएको लियाजन कमिटीका संयोजक जगन गुरुङले बताउनुभयो ।