२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व संकलन भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणः बालबालिकासहित १२ जनाको मृत्यु इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान बिहानै मदिराले मातेपछि…
तपाईं के खोज्दै हुनुहुन्छ ?

विपक्षी दलहरूको बैठक बुधवार सिंहदरबारमा शुरु



अ+ अ-

काठमाडौँ: प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको आह्वानमा विपक्षी दलहरूको बैठक बुधवार सिंहदरबारमा शुरु भएको छ ।

सिंहदरबारस्थित नेपाली काँग्रेस संसदीय दलको कार्यालयमा जारी सो बैठकमा पछिल्लो राजनीतिक अवस्था र सरकारका कामकारबाहीबारे छलफल भइरहेको हो । सरकारले संसदलाई छलेर संवैधानिक परिषद् र सहकारी समस्यासँग सम्बन्धित विधेयक ल्याएपछि त्यसको विरोध र प्रतिवाद गर्न विपक्षी दलहरू एकजुट भएका हुन् ।

बैठकमा सरकारले संसद्को क्षेत्राधिकार मिचेको तथा लोकतान्त्रिक मूल्य–मान्यताविपरीत गतिविधि बढाएको विषयमा गम्भीर समीक्षा भइरहेको बताइएको छ । बैठकमा सहभागी नेताहरूका अनुसार सुकुम्बासी बस्ती हटाउने लगायतका सरकारका पछिल्ला कदमहरूको विरोध गर्ने र जनसरोकारका मुद्दामा एकतावद्ध भएर अघि बढ्ने योजना तय गरिनेछ ।

सरकारका ‘गलत’ कामहरूको भण्डाफोर गर्न विपक्षी मोर्चालाई सशक्त बनाउने उद्देश्यले यो बैठक बोलाइएको हो । बैठकमा नेपाली काँग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी लगायतका विपक्षी दलका शिर्ष नेताहरूको सहभागिता रहेको छ । विपक्षी दलहरूले सदन र सडक दुवै माध्यमबाट सरकारलाई दबाब दिने गरी साझा रणनीति तय गर्ने अपेक्षा गरिएको छ ।

–न्युज एजेन्सी नेपाल