काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को मार्चपासमा नेपालको झण्डा क्रिकेटर पारस खड्काले बोक्ने भएका छन् । पारसले मार्चपासमा खेलाडीको नेतृत्व गर्दै नेपालको झण्डा बोक्ने अवसर पाएका हुन् । सागमा नेपालकोतर्फबाट डेपुटी सेफ द मिसन रिम रानाभाटले मार्चपासमा खेलाडीको नेतृत्व गर्दै देशको झण्डा पारसले बोक्ने टुङ्गो लागेको बताए ।
‘पारसले नै देशको झण्डा बोक्नु हुनेछ ।’ उनले भने । घरेलु भुमीमा आईतबार सुरु हुने १३ औं सागमा पारसले सो अवसर प्राप्त गरेका हुन् । खेल जिवनमा प्राप्त गरेको सफलताका आधारका ठुला प्रतियोगितामा खेलाडीको नेतृत्व गर्दै देशको झण्डा बोक्न दिने प्रचलन छ ।
केही महिना अघि मात्र राष्ट्रिय क्रिकेट टिमको कप्तानबाट पारसले राजीनामा दिएका थिए । राष्ट्रिय क्रिकेट टिमको कप्तानको रुपमा उनले नेपाललाई विश्वकपसम्मको यात्रा तय गराएका थिए । उनकै नेतृत्वमा नेपालले एकदिवसीय राष्ट्रको मान्यता पाएको थियो ।